वैशाख ४, २०८२ बिहीबार | ०५:०८:४७
दिल्लीले दियो राजस्थानलाई १८९ रनको लक्ष्य लुम्बिनी कपको टिकटमा विद्यार्थीलाई ५० प्रतिशत छुट जगदीश भट्टलाई उप-निर्देशकको जिम्मेवारी ललितपुर र झापाले अंक बाँडे बिग्रेड ब्वाइजसँग बराबरीमा रोकियो झापा अत्तरिया सेमिफाइनलमा बागमती प्रदेशस्तरीय पावरलिफ्टिङ प्रतियोगिता शुक्रबार र शनिबार हुने लुम्बिनी कपको तयारी पूरा सन्तोषी श्रेष्ठले लण्डन म्याराथनमा भाग लिने नेपालको विजयी यात्रा जारी दिल्लीले दियो राजस्थानलाई १८९ रनको लक्ष्य लुम्बिनी कपको टिकटमा विद्यार्थीलाई ५० प्रतिशत छुट जगदीश भट्टलाई उप-निर्देशकको जिम्मेवारी ललितपुर र झापाले अंक बाँडे बिग्रेड ब्वाइजसँग बराबरीमा रोकियो झापा अत्तरिया सेमिफाइनलमा बागमती प्रदेशस्तरीय पावरलिफ्टिङ प्रतियोगिता शुक्रबार र शनिबार हुने लुम्बिनी कपको तयारी पूरा सन्तोषी श्रेष्ठले लण्डन म्याराथनमा भाग लिने नेपालको विजयी यात्रा जारी

आइपिएलमा आज दुई खेल हुँदै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार दुई खेल हुँदैछन् । 

आजको पहिलो खेलमा कोलकाता नाइटराइडर्स र लखनउ सुपर जायन्ट्स भिड्नेछन् । खेल कोलकाताको इडेन्स गार्डेन्समा नेपाली समय अनुसार दिउँसो ३ः४५ मा सुरु हुनेछ ।

यो खेल आइतबारका लागि तय भए पनि राम नवमीका कारण सुरक्षा व्यवस्थामा कठिन हुनसक्ने भन्दै आजका लागि सारिएको हो ।
कोलकाता र लखनउ दुवैले चार खेलमा समान दुई जित र हारको नतिजा निकालेका छन् । कोलकाता पाँचौं र लखनउ छैटौं स्थानमा छन् ।

कोलकाता अजिंक्य रहाणे र लखनउ ऋषभ पन्तको कप्तानीमा मैदान उत्रिनेछन् । 

आइपिएलमा यी दुईबीच हालसम्म पाँच खेल भएका छन् । जसमा लखनउले तीन र कोलकाताले दुई खेल आफ्नो पक्षमा पारेका छन् । 
गत संस्करणका दुवै भेटमा कोलकाता विजयी भएको थियो । कोलकाताले आठ विकेट र ९८ रनको जित निकालेको थियो ।

मंगलबार दोस्रो खेलमा खेलमा पन्जाब किङ्स र चेन्नई सुपर किङ्स प्रतिस्पर्धा गर्दैछन् । खेल पन्जाबको मुल्लानपुरस्थित महाराज यादविन्दर सिंह अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा राति ७ः४५ मा सुरु हुनेछ ।

पन्जाबले ३ खेलमा दुई तथा चेन्नईले चार खेलमा एक जित निकालेका छन् । पन्जाब चौथो तथा चेन्नई नवौं स्थानमा छन् ।

पन्जाब श्रेयस अय्यर र चेन्नई रुतुराज गायकवाडको कप्तानीमा मैदान उत्रिनेछन् ।

आइपिएलमा यी दुईबीच ३० खेल भएका छन् । जसमा चेन्नईले १६ र पन्जाबले १४ खेल आफ्नो पक्षमा पारेका छन्  ।

गत संस्करणमा पन्जाब सात विकेट र चेन्नई २८ रनले विजयी भएका थिए ।


भिडियो
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan