वैशाख ६, २०८२ शनिबार | ०८:५६:०८
एनएसएलमा माथि पुगेका चार टोली यथार्थले घेरिएको रियाल मड्रिड क्रिकेटका स्टुवार्ट लसामु देखिएका चुनौती जनमानसमा पुग्न संघर्षरत रग्बी कहाँ गयो स्टार रोहितको लय ? मोहम्मद सलाहको फुटबल यत्राः ‘फ्लप’ देखि ‘इजिप्सियन किंग’ सम्म पाम लगातार सातौं पटक च्याम्पियन लुम्बिनी कपमा आर्मीको विजयी सुरुआत बाँसबारीको कठिन जित गण्डकी हिरोज च्याम्पियन एनएसएलमा माथि पुगेका चार टोली यथार्थले घेरिएको रियाल मड्रिड क्रिकेटका स्टुवार्ट लसामु देखिएका चुनौती जनमानसमा पुग्न संघर्षरत रग्बी कहाँ गयो स्टार रोहितको लय ? मोहम्मद सलाहको फुटबल यत्राः ‘फ्लप’ देखि ‘इजिप्सियन किंग’ सम्म पाम लगातार सातौं पटक च्याम्पियन लुम्बिनी कपमा आर्मीको विजयी सुरुआत बाँसबारीको कठिन जित गण्डकी हिरोज च्याम्पियन

लुम्बिनी कपको तयारी पूरा

प्रतियोगिता हुने नेपालगञ्ज रंगशाला ।

नेपालगञ्ज ।  लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको छ । नेपालगन्ज रंगशालामा बैशाख ५ देखि १२ गतेसम्म हुने प्रतियोगितालाई भव्य र सभ्य बनाउन रंगशाला सरसफाई, रंङरोगन, खेलाडी आवास, यातायातको व्यवस्था, अनुसार टिकट विक्री, पार्किङ व्यवस्थापन लगायतका काम पूरा भइसकेको आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिए ।

प्रतियोगिताका लागि टिम आउने क्रम पनि सुरु भएको मिडिया संयोजक निरज गौतमले जानकारी दिए । उनका अनुसार, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब नेपालगन्ज आइसकेको छ । नेपाल र भारतका गरेर आठ  टिमको सहभागिता रहने प्रतियोगितामा अन्य टिमहरु पनि खेल तालिका अनुसार आउने छन् ।

प्रतियोगितामा घरेलु टिम बाँके-११, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदूरपश्चिम एफसी, सिलगुडी फुटबल क्लब, भारत र रौतहट जिल्ला फुटबल संघले प्रतिस्पर्धा गर्नेछन् ।

बाँके जिल्ला फुटबल संघको सहकार्यमा हुन लागेको प्रतियोगिताको विजेताले ५ लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् ।

हरेक खेलका ‘प्लेयर अफ द म्याच र प्रतियोगितामा विधागततर्फ उत्कृष्ट हुनेलाई पनि पुरस्कृत गरिने कार्यकारी निर्देशक शाहले जानकारी दिए । प्रतियोगिता हेर्नको लागि सिजनल फुल प्याकेज १ हजार ५०० रुपैयाँको टिकट व्यवस्था गरिएको छ । साथै विद्यार्थीको लागि सहुलियत रहेको आयोजकले जनाएको छ ।


भिडियो
HIGHLIGHTS - TAFC VS SPFA II Lumbini Cup women's international invitation Football
TAFC VS SPFA POST MATCH CONFERENCE LUMBINI CUP
TAFC VS SPFA POST MATCH CONFERENCE LUMBINI CUP
Aron Thapa को परिवारले लगाएको आरोपमा कुनै सत्यता छैनः JHAPA FC
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC