माघ १५, २०८२ बिहीबार | ०८:१०:५७
सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित

अस्ट्रेलियालाई एक खेल अगावै शृंखला

काठमाडौं । अस्ट्रेलियाले घरेलु टोली न्युजिल्यान्डविरुद्धको महिला अन्तार्राष्ट्रिय ट्वान्टी-२० शृंखला एक खेल अगावै आफ्नो पक्षमा पारेको छ ।

आइतबार माउन्ट माउङ्गानुइस्थित बे ओभलमा सम्पन्न दोस्रो खेलमा अस्ट्रेलियाले ८२ रनको सहज जित दर्ता गर्यो ।

जितसँगै अस्ट्रेलिया तीन खेलको शृंखलामा २-० ले अगाडि बढेको छ । पहिलो खेलमा अस्ट्रेलिया आठ विकेटले विजयी भएको थियो ।

अस्ट्रेलियाले प्रस्तुत गरेको २०५ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड १६.१ ओभरमा १२२ रनमै समेटियो ।

न्युजिल्यान्डका लागि एमेलिया केरले ४०, म्याडी ग्रिनले २२, जेस केर र जर्जिया प्लिमरले समान १४ र कप्तान सुजी बेट्सले १२ रन बनाए ।

अस्ट्रेलियाका लागि एनाबेल सदरल्यान्डले चार, एलना किंगले तीन, डार्सी ब्राउनले दुई र जर्जिया वेरेहमले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २०४ रनको योगफल तयार पारेको थियो ।

अस्ट्रेलियाका लागि बेथ मोनीले ४२ बलमा ११ चौकाको मद्दतले सर्वाधिक ७० रनको योगदान गरिन् । यसैगरी जर्जिया भोलले ३६, फोवी लिचफिल्डले ३२, एलिस पेरीले अविजित २९ र एनाबेल सदरल्यान्डले अविजित २३ रन बनाए ।

मोनीले दोस्रो विकेटका लागि लिचफिल्डसँग ६९ र पहिलो विकेटका लागि भोलसँग ५७ रनको साझेदारी गरेकी थिइन् ।

न्युजिल्यान्डका लागि जेस केर, सोफी डिभाइन र एमेलिया केरले समान एक विकेट लिए ।

शृंखलाको तेस्रो तथा अन्तिम खेल बुधबार हुनेछ । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।