काठमाडौं । एसिसी यु १९ क्रिकेट एसिया कपमा नेपालले बंगलादेशविरुद्ध टस हारेर फिल्डिङको निम्तो पाएको छ ।
समूह ‘बी’ मा नेपालसँगै बंगलादेश, श्रीलंंका र कुवेत छन् । बिहीबार पहिलो खेलमा श्रीलंकाले कुवेतमाथि दुई सय ७४ रनको रवाफिलो जित हात पारेको थियो ।
समूह ‘ए’ मा भारत, पाकिस्तान, अफगानिस्तान र आयोजक युएई रहेका छन् ।
दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।