वैशाख २८, २०८२ आइतबार | २२:१५:५८
नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी

क्यानको असन्तुष्ट समूह भन्छ- साधारण सभा ‘अवैधानिक’, खेलाडीमाथिको कारबाही फिर्ता हुनुपर्छ

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का ६ जना बोर्ड सदस्यले पूर्व कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीमाथि भएको कारबाहीमा आपत्ति जनाउनुका साथै यही पुस १३ र १४ गते हुने भनिएको साधारणसभालाई ‘अवैधानिक’ भन्दै तत्काल रोक्न मागसमेत गरेका छन् ।

क्यानको विधानअनुसार जिल्ला संघहरूको साधारणसभा प्रत्येक चार वर्षमा हुनुपर्ने र २० भन्दा बढि जिल्लाको समयसीमा सकिएकाले त्यहाँबाट आउने प्रतिनिधि नै वैधानिक नहुने ६ जना बोर्ड सदस्यले जिकिर गरेका छन् ।

 साथै कप्तान ज्ञानेन्द्र, उपकप्तान दीपेन्द्रसिंह ऐरी तथा राष्ट्रिय टोलीका मुख्य सदस्यहरू सोमपाल कामी र कमलसिंह ऐरीमाथि क्यानले ‘नियोजित’ पारामा कारबाही गरेको आरोप लगाउँदै कारबाही फिर्ता लिनु पर्ने उनीहरूको माग छ ।

क्यानको निर्णयविरुद्ध सार्वजनिक अपिल गर्नेहरूमा केन्द्रीय सदस्यहरू ऋषिराम गौतम, अमितवीर पाण्डे, करण महतारा, मोहम्मद दाउद अनसारी, सञ्जयराज सिंह र छुम्बी लामा छन् ।

उनीहरूले क्यानको वर्तमान नेतृत्व अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)बाट क्यानमाथिको प्रतिबन्ध पूर्णरूपमा फुकुवा गराउन नसकेको तथा नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउन महत्त्वपूर्ण योगदान गरेका खेलाडीलाई सम्मानको साटो नियोजित कारबाही गरिएको आरोप लगाएका छन् ।

खेलाडीमाथि कारबाही गर्दा भएको अनुशासन समितिलाई काम गर्न नदिई सचिव स्वयम संयोजक भएर स्वतन्त्र छानविनको सम्भावनालाई शंकाको घेरामा पुर्याएको उनीहरूको आरोप छ । साथै खेलाडीमाथिको कारबाही प्रक्रियाबारे बोर्डका सदस्यहरूलाई पनि जानकारी नगराएको र थुप्रै बोर्ड सदस्यको असहमतिका बावजुद कारबाही गरिएको भन्दै उनीहरूले विरोध जनाएका छन् ।

क्यानका ६ जना बोर्ड सदस्यले बुधबार संयुक्त पत्रकार सम्मेलन आयोजना गर्दै आफूहरूले असोजमा भएको बैठकमा खेलाडी ग्रेडिङको मापदण्ड र प्रस्तावमाथि मत राखे पनि त्यसलाई बेवास्था गरिएको, खेलाडीले सामान्य असन्तुष्टी जनाउँदा ठूलो प्रतिक्रिया देखाएको, दूई घण्टाको समय राखेर बोलाइएको जुम बैठकबाट राष्ट्रिय टोलीका कप्तानसहित चार मुख्य खेलाडीलाई कारबाही गर्ने अपरिपक्व निर्णय गरिएको, बैठकका लागि सदस्यहरूलाई एजेन्डा उपलब्ध नगराएको, नेतृत्वले स्वेच्छाचारी तवरबाट संघ चलाएको लगायतका आरोप लगाए ।

संघले कार्यसमिति निर्वाचित भएको दुई वर्ष बितिसक्दा समेत आफ्नो वार्षिक क्यालेन्डर बनाउन नसकेको, चुनावपूर्व नै घोषणा गरेको नेपाल प्रिमियर लिग गर्न नसकेको, नेपाल ट्वान्टी २० का नाममा प्रतियोगिता गर्ने घोषणा गरेर भारतीय कम्पनी ‘सेभेन थ्री स्पोर्ट्स’सँग सम्झौता भए पनि प्रतियोगिता हुन नसकेको, प्रतियोगिता गर्न नसकेकोमा सेभेन थ्रीले क्यानका सबै बोर्ड सदस्यलाई धम्कीपूर्ण इमेल पठाएको लगायतका विषयमा प्रश्न गरेका छन् ।

क्यानले यही १३ र १४ गते धनगढीमा गर्न लागेको साधारणसभा रोक्नका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) र युवा तथा खेलकुद मन्त्रालयमा पनि आफूहरूले ज्ञापनपत्र बुझाएको पनि उनीहरूले बताए ।

त्यसका बावजुद साधारणसभा हुने भयो भने के गर्नुहुन्छ भन्ने प्रश्नमा केन्द्रीय सदस्यमध्येका एक ऋषिराम गौतमले भने, ‘हामी साधारणसभामा भाग लिएर त्यहीँ आफ्ना कुरा राख्छौं ।’

क्यानका अर्का सदस्य छुम्बी लामाले सरकार तथा राखेपसँग समन्वयमा पनि क्यान नेतृत्व चुकिरहेको बताउँदै भने, ‘हामीले नेपाल प्रिमियर लिग आयोजना तथा अन्य थुप्रै विषयमा नेतृत्वसमक्ष थुप्रै प्रस्ताब राख्यौं । तर उहाँहरू हाम्रा कुरालाई महत्व दिन तयार हुनुहुन्न ।’

फुटबलको राष्ट्रिय टोलीले विभिन्न अन्तर्राष्ट्रिय सफलता प्राप्त गर्दा सरकारबाट आकर्षक पुरस्कार पाउने गरे पनि क्यान नेतृत्वको असक्षमता र स्वेच्छाचारिताकै कारण क्रिकेट खेलाडीहरू त्यस्तो सरकारी सम्मानबाट बञ्चित हुने गरेको लामाले आरोप लगाए ।

‘हामीले सम्पूर्ण नेपाली क्रिकेट र क्यानको सुद्धृढिकरणको अभियान सुरु गरेका छौं । खेलाडीमाथिको कारबाहीको विषयमात्र होइन । क्यान पूर्ण रुपमा सुद्धृड हुनका लागि नेतृत्व नै सुधारिनुपर्छ,’ उनले भने ।

कर्माचार्यको राजीनामा

यसैबीच क्यानका पूर्व सचिव उत्तम कर्माचार्यले पनि नेतृत्वका गतिविधिमाथि असहमति जनाउँदै बुधबारै राष्ट्रिय छनोटकर्ताको पदबाट राजीनामा दिएका छन् ।

नेतृत्वको स्वेच्छातारिताको कारण देखाउँदै दुई महिना अघि क्यानका सचिव अशोकनाथ प्याकुर्याल र उपाध्यक्ष राजुबाबु श्रेष्ठले राजीनामा दिएका थिए ।

‘हाम्रो अहिले पनि उहाँहरूसँग कुरा भइरहन्छ । तीन दशकभन्दा लामो समय क्रिकेटमा काम गर्नुभएका उहाँहरूले नेतृत्वको निरंकुशता र क्रिकेटप्रतिको उदासिनताका कारण हार खाएर राजीनामा दिनुभएको हो,’ क्यानका सदस्य करन महताराले भने, ‘हामीले चाँही भित्रै बसेर क्यान शुद्धिकरण अभियान सुरु गरेका छौं ।’

यसअघि क्यान र राष्ट्रिय खेलाडीहरूबीचको विवादमा क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले सकारात्मक निकास निकाल्न सबै पक्षलाई आह्वान गरेको थियो ।

सिप्यानले सोमबार एक विज्ञप्ति जारी गर्दै क्यान र खेलाडीहरूबीचको विवादमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घुमाउरो पारामा क्यानलाई खेलाडीहरूमाथिको कारबाही फिर्ता लिन दबाब दिएको थियो ।

सिप्यानका अध्यक्ष मनिषराज पाण्डे र राष्ट्रिय टोलीका पूर्व कप्तान एवं महासचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा खेलाडीको योगदानकै कारण नेपाली क्रिकेटले विश्व क्रिकेटमा विशेष पहिचान बनाउन सफल भएको उल्लेख गर्दै खेलाडीमाथिको कारबाही गलत भएको जनाएको थियो ।

‘खेलाडीले आफ्ना भावना र आवाजहरू राख्न खोज्दा ती मागको उचित सम्बोधन गर्नुको साटो खेलाडीहरूमाथि नै गरिएका कारबाहीले नेपाली क्रिकेटको विकासमा अवरोध पुग्न जाने अवस्था सिर्जना भएको छ,’ सिप्यानले गत वर्ष क्यान तथा राष्ट्रिय खेलकुद परिषद्लाई वर्गीकरणसम्बन्धी सुझाव दिएको र त्यो सुझाव अहिले पनि सान्दर्भिक रहेको उल्लेख गर्दै सिप्यानको विज्ञप्तिमा भनिएको छ, ‘वर्गीकरणजस्तो महत्त्वपूर्ण विषयवस्तुलाई पारदर्शीरूपमा निश्चित मापदण्ड तोकेर अवलम्बन गर्दै तर्कसम्मत र त्रुटीरहित बनाउन तथ्यपरक, वस्तुपरक र वैज्ञानिक बनाइनुपर्ने आवस्यकता दोहोर्याउन जरुरी देखिन्छ ।’

क्यानले गरेको खेलाडी वर्गीकरणमाथि असहमति जनाएका कारण कप्तान ज्ञानेन्द्र र उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित राष्ट्रिय टोलीका मुख्य खेलाडी सोमपाल कामी र कमलसिंह ऐरीमाथि बुधबार अनुशासनको कारबाही गरेको थियो ।

कारवाहीस्वरुप ज्ञानेन्द्रलाई कप्तान तथा दीपेन्द्रसिंहलाई उपकप्तानको जिम्मेवारीबाट हटाइएको थियो । क्यान नेतृत्वले ज्ञानेन्द्रको स्थानमा सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय टोलीको कप्तान नियुक्त गरेको थियो ।

साथै कारबाहीमा परेका खेलाडीलाई सन् २०२२ को पहिलो ६ महिनासम्म सेन्ट्रल कन्ट्रयाक्टमा समावेश नगर्ने उल्लेख गरिएको थियो ।

कारबाहीमा परेका खेलाडीको पक्षमा बिहीबार राष्ट्रिय टोलीका अन्य केही खेलाडीले साथ दिँदै आफूहरू पनि राष्ट्रिय टोलीबाट नखेल्ने आसयसहित सामाजिक सञ्जालमा ‘आई एम डन टू’ लेख्दै आन्दोलन सुरु गरेका थिए ।

तर, राष्ट्रिय टोलीका खेलाडीहरू पछिल्लो विवादमा दुई पक्षमा विभाजित भएर प्रस्तुत हुन थालेपछि शुक्रबार कारबाहीमा परेका चार खेलाडीले पत्रकार सम्मेलन गर्दै आफूहरूमाथिको कारबाहीको निर्णयमा पुर्नविचार गर्न क्यानलाई आह्वान गरेका थिए ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP