चैत्र ७, २०८२ शनिबार | १८:५४:१५
घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश

इङ्ल्यान्डविरुद्ध भारतको ‘क्लिन स्विप’

काठमाडौं । घरेलु टोली भारतले इङ्ल्यान्डविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा ‘क्लिन स्विप’ गरेको छ । बुधबार अहमदावादस्थित नरेन्द्र मोदी क्रिकेट मैदानमा भारतले १४२ रनको फराकिलो जित दर्ता गर्यो ।

यससँगै भारतले शृंखलाका ३-० ले आफ्नो पक्षमा पार्यो । अघिल्ला दुवै खेलमा भारत चार विकेटले विजयी भएको थियो ।

भारते प्रस्तुत गरेको ३५७ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले ३४.२ ओभरम सबै विकेट गुमाउँदै २१४ रन मात्रै बनाउन सक्यो । इङ्ल्यान्डका गस एट्किन्सल र टम बेन्टनले समान ३८, बेन डुकेटले ३४, जो रुटले २४, फिल साल्टले २३ र ह्यारी ब्रुकले १९ रन बनाए ।

पहिलो विकेटका लागि बेन र फिलले ६० रनको साझेदारी गरे ।

भारतका लागि अर्शदीप सिंह, हर्षीत राना, अक्षर पटेल र हार्दिक पाण्ड्याले समान दुई तथा वासिङ्टन सुन्दर र कुलदीप यादवले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै ३५६ रनको योगफल तयार पारेको थियो । भारतका लागि शुभमन गिलले १०२ बलमा १४ चौका र तीन छक्काको मद्दतले सर्वाधिक ११२ रनको योगदान गरे ।

यसैगरी श्रेयस अय्यरले ६४ बलमा आठ चौका र दुई छक्काको मद्दतले ७८, विराट कोहलीले ५५ बलमा सात चौका र एक छक्काको मद्दतले ५०, केएल राहुलले ४०, हार्दिक पाण्ड्याले १७, वासिङटन सुन्दरले १४ तथा अक्षर पटेल र हर्षीत रानाले समान १३ रन बनाए ।

शुभमन गिलले दोस्रो विकेटका लागि विराटसँग ११६ र तेस्रो विकेटका लागि श्रेयससँग १०६ रनको साझेदारी गरे ।

इङ्ल्यान्डका लागि आदिल रासिदले चार, मार्क उडले दुई तथा  सकिब महम्मद, गस एट्किन्सन र जो रुटले समान एक विकेट लिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो