चैत्र ८, २०८२ आइतबार | २०:५०:२६
चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती

न्युजिल्यान्डको लगातार दोस्रो जित

काठमाडौं । केन विलियमसनको शतकप्रेरित न्युजिल्यान्डले पाकिस्तानमा जारी त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा लगातार दोस्रो जित दर्ता गरेको छ ।

सोमबार लोहारस्थित  गद्दाफी रंगशालामा समान्न दोस्रो खेलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकाविरुद्ध ६ विकेटको जित दर्ता गर्यो । पहिलो खेलमा न्युजिल्यान्डले घरेलु टोली पाकिस्तालाई ७८ रनले हराएको थियो ।

दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ३०५ रनको लक्ष्य न्युजिल्यान्डले आठ बल बाँकी रहँदा चार विकेट गुमाउँदै पूरा गर्यो । न्युजिल्यान्डका लागि विलियमसनले ११३ बलमा १३ चौका र दुई छक्काको मद्दतले अविजित १३३ रनको योगदान गरे ।

यसैगरी डिभोन कोन्वेले १०७ बलमा ९ चौका र एक छक्काको मद्दतले ९७, ग्लेन फिलिप्सले अविजित २८ र विल योङले १९ रन बनाए ।

विलियमसनले दोस्रो विकेटका लागि कोन्वेसँग १८७ तथा पाँचौं विकेटका लागि फिलिप्ससँग अविजित ५७ रनको साझेदारी गरे । यसैगरी पहिलो विकेटका लागि कोन्वे र योङबीच ५० रनको साझेदारी भयो ।

दक्षिण अफ्रिकाका लागि सेनुरन मुथुस्वामीले दुई तथा इथन बोश र जुनियर डालाले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३०४ रनको योगफल तयार पारेको थियो । दक्षिण अफ्रिकाका लागि म्याथ्यु ब्रिएट्ज्केले १४८ बलमा ११ चौका र पाँच छक्काको मद्दतले सर्वाधिक १५० रनको योगदान गरे ।  एकदिवसीयमा यो उनको ‘डेब्यू’ खेल हो ।

यसैगरी विआन मुल्डरले ६० बलमा पाँच चौका र एक छक्काको मद्दतले ६०, जेसन स्मिथले ४१ र कप्तान टेम्बा बावुमाले २० रन बनाए ।

ब्रिएट्ज्केले चौथो विकेटका लागि मुल्डरसँग १३१ तथा दोस्रो विकेटका स्मिथसँग ९३ रनको साझेदारी गरे ।

न्युजिल्यान्डका लागि म्याट हेनरी र विलियम ओ’रोर्कले समान दुई तथा माइकल ब्रासवेलले एक विकेट लिए ।

अब बुधबार पाकिस्तान र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्नेछन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो