धनगढी । बागमती प्रदेशले मंगलबार प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सान्त्वना जित हात पारेको छ ।
समूह ‘ए’ को अन्तिम खेलमा बागमतीले कर्णाली प्रदेशलाई ७९ रनले हरायो ।
फाप्ला मैदानमा बागमतीले प्रस्तुत गरेको एक सय ३१ रनको लक्ष्य पछ्याएको कर्णाली १८.३ ओभरमा मात्र ४१ रनमा सीमित भयो ।
कर्णालीका लागि लक्ष्मी रिमालले १४ रन बनाइन् भने अन्य ब्याटरदे दोहोरो अंकमा स्कोर गर्न सकेनन् ।
बागमतीका लागि आरती बिडारी र विपिशा शाहीले समान तीन विकेट लिए । त्यस्तै सोनी पाख्रिन, खुशी डंगोल र ज्ञानुका बस्नेतले समान एक विकेट लिए ।
प्रतियोगिता अन्तर्गत बुधबार समुह ‘बी’ का दुई खेलहरु हुनेछन् । पहिलो खेलमा सुदुरपश्चिम प्रदेश र एपिएफ क्लब खेल्नेछन् भने दोस्रो खेलमा प्रदेश दुईले गण्डकी प्रदेशको सामना गर्नेछ ।