माघ १५, २०८२ बिहीबार | १२:०४:०४
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

ह्यामस्ट्रिङको चोट पीडित रोहितले टेस्ट शृंखला गुमाउने

नयाँ दिल्ली । ह्यामस्ट्रिङको चोटका कारण रोहित दक्षिण अफ्रिकाविरुद्ध हुने तीन टेस्टको अवे शृंखलामा भारतीय स्टार रोहित शर्मा अनुपस्थित रहने भएका छन् ।

हालै मात्र सम्पन्न तीन खेलको शृंखलामा भारत ‘ए’ टोलीको नेतृत्व गरेका प्रियांक पाञ्चालले दक्षिण अफ्रिकाविरुद्धको शृंखलाका लागि ओपनिङ ब्याटर रोहितको स्थान लिने छन् । तर भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले शृंखलाका लागि टोलीको उप कप्तान भने घोषणा गरिसकेको छैन ।

मुम्बईको बान्द्रा कर्ला कम्प्लेक्समा पछिल्लो एक सातादेखि अभ्यास गरिरहेका रोहित त्यही दौरान घाइते भएका थिए । उनको चोट गम्भीर रहेको बताइएको छ ।

दक्षिण अफ्रिकाविरुद्धको टेस्ट शृंखला गुमाउने पक्का भए पनि उनी लगत्तै हुने एकदिवसीय शृंखलामा टोलीमा फर्किने/नफर्किने अझै टुंगो लागेको छैन । एकदिवसीय शृंखलाका लागि रोहितलाई कप्तानको जिम्मेवारी दिइएको थियो ।

रोहितले आइतबार अभ्यास सेसनमा आफूलाई असहज भएको गुनासो गरेका थिए । त्यसपछि सीमित ओभरका कप्तानको सोमबार परिक्षण गरिएको थियो । जहाँ उनको ह्यामस्ट्रिङमा गम्भीर समस्या देखिएको थियो ।

रोहितको ठाउँ लिएका गुजरातका ओपनिङ ब्याटर पाञ्चालले भारत ‘ए’का लागि दक्षिण अफ्रिका ‘ए’विरुद्ध ४० को औसतमा एक सय २० रन बनाएका छन् । जसमा ९६ रनको एउटा इनिङ पनि समावेश छ ।

एक सय फर्स्ट क्लास खेल खेलेका उनले २४ सतकसहित ४५.५२ को औसतमा सात हजार ११ रन बनाएका छन् । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।