चैत्र १३, २०८२ शुक्रबार | १२:०७:०६
मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार

ह्यामस्ट्रिङको चोट पीडित रोहितले टेस्ट शृंखला गुमाउने

नयाँ दिल्ली । ह्यामस्ट्रिङको चोटका कारण रोहित दक्षिण अफ्रिकाविरुद्ध हुने तीन टेस्टको अवे शृंखलामा भारतीय स्टार रोहित शर्मा अनुपस्थित रहने भएका छन् ।

हालै मात्र सम्पन्न तीन खेलको शृंखलामा भारत ‘ए’ टोलीको नेतृत्व गरेका प्रियांक पाञ्चालले दक्षिण अफ्रिकाविरुद्धको शृंखलाका लागि ओपनिङ ब्याटर रोहितको स्थान लिने छन् । तर भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले शृंखलाका लागि टोलीको उप कप्तान भने घोषणा गरिसकेको छैन ।

मुम्बईको बान्द्रा कर्ला कम्प्लेक्समा पछिल्लो एक सातादेखि अभ्यास गरिरहेका रोहित त्यही दौरान घाइते भएका थिए । उनको चोट गम्भीर रहेको बताइएको छ ।

दक्षिण अफ्रिकाविरुद्धको टेस्ट शृंखला गुमाउने पक्का भए पनि उनी लगत्तै हुने एकदिवसीय शृंखलामा टोलीमा फर्किने/नफर्किने अझै टुंगो लागेको छैन । एकदिवसीय शृंखलाका लागि रोहितलाई कप्तानको जिम्मेवारी दिइएको थियो ।

रोहितले आइतबार अभ्यास सेसनमा आफूलाई असहज भएको गुनासो गरेका थिए । त्यसपछि सीमित ओभरका कप्तानको सोमबार परिक्षण गरिएको थियो । जहाँ उनको ह्यामस्ट्रिङमा गम्भीर समस्या देखिएको थियो ।

रोहितको ठाउँ लिएका गुजरातका ओपनिङ ब्याटर पाञ्चालले भारत ‘ए’का लागि दक्षिण अफ्रिका ‘ए’विरुद्ध ४० को औसतमा एक सय २० रन बनाएका छन् । जसमा ९६ रनको एउटा इनिङ पनि समावेश छ ।

एक सय फर्स्ट क्लास खेल खेलेका उनले २४ सतकसहित ४५.५२ को औसतमा सात हजार ११ रन बनाएका छन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो