चैत्र १५, २०८२ आइतबार | १०:१२:५९
पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी

एनपिएलः जनकपुर एउटा खेल पनि नहार्ने एक्लो टोली

फाइल तस्विर

काठमाडौं । आज सोमबार, आठ दिनपछि र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानले विश्राम पाएको छ । अहिले त्रिवि मैदानमा नेपाल प्रिमियर लिग ९एनपिएल०को लिग चरणका खेल चलिरहेको छ । लिग चरणले आधि बाटो पार गरिरहँदा प्रतियोगिता विश्राममा गएको हो ।

तर, यो विश्राम मात्र एक दिनको हो । मंगलबारबाट लिग चरणका बाँकी खेल सुरु हुनेछन् । आठ फ्रेन्चाइज टोलीले कूल १५ खेल खेलेका छन् । पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाजबाहेक अन्य ६ टोलीले चार खेल खेलिसकेका छन् । पोखरा र काठमाडौंले एक खेल कम खेलेको छ । जनकपुर बोल्ट्सबाहेक सबै टोलीले कम्तिमा पनि एक खेल हारेको छ । यस्तोमा जनकपुरलाई हिउँदे च्याम्पियन भन्दा फरक पर्दैन । विश्व खेलकुदमा चल्ने भाषा यहि नै हो ।

जनकपुरले चार खेलमा शतप्रतिशत जित मात्र निकालेको छैन, च्याम्पियन शैलीमा विपक्षी टोलीबाट जित पनि खोसेको छ । आइतबार सम्पन्न आफ्नो पछिल्लो खेलमा जनकपुर पहिलो हारको संघारमा थियो । लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गरेको जनकपुरले २० ओभरको समाप्तिमा १३६ रनको सामान्य योगफल तयार पारेको थियो । जवाफी ब्याटिङ गरेको लुम्बिनीले १५ ओभरमा दुई विकेट गुमाउँदै एक सय रन पूरा गर्दै खेलमा बलियो पकड बनाएको थियो । अब जितका लागि लुम्बिनीलाई ५ ओभरमा ३७ रन आवश्यक थियो । तर, जनकपुरको च्याम्पियन शैली अगाडि लुम्बिनीका ब्याटर फेल खाए । अन्तिम बलसम्म धकेलिएको खेलमा जनकपुरले एक रनको सनसनीपूर्ण जित हासिल गर्यो । यो जितले जनकपुर शीर्ष स्थानमा उक्लिन सफल भयो । हारका कारण लुम्बिनी तालिकाको पुछारमा यथावत रह्यो । लुम्बिनीको यो लगातार चौथो हार थियो ।

दिनको दोस्रो खेलमा लगातार तेस्रो खेल जितेको सुदूरपश्चिमलाई चितवन राइनोजले हराएपछि जनकपुर पहिलो ब्रेकमा एक्लो अपराजित टोली बन्यो ।

पहिलो ब्रेकसम्म एनपिएल समग्रमा यस्तो रह्योः

१.  लुम्बिनी पहिलो पारीमा सबैभन्दा धेरै योगफल तयार पार्ने टोली

रोहित पौडेलको कप्तानी र नन्दन फाड्निसको प्रशिक्षणमा रहेको लुम्बिनी लायन्स पहिलो पारीमा सबैभन्दा धेरै योगफल तयार पार्ने टोली रह्यो । लुम्बिनीले आफ्नो पहिलो खेलमा विराटनगर किङ्सविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको थियो । २० ओभरका समाप्तिमा लुम्बिनीले १९१ रनको विशाल योगफल तयार पारेको थियो । रोहितले सर्वाधिक ४६ रनको योगदान गरेका थिए । तर, तेस्रो खेल खेलिरहेको विराटनगरले एक बल बाँकी छँदा लक्ष्य भेट्टाउँदै प्रतियोगितामा पहिलो जित हासिल गर्यो । विराटनगरका लागि ‘प्लेयर अफ दि म्याच’ बनेका विकेटकिपर ब्याटर लोकेश बमले ४७ बलमा तीन चौका र ६ छक्कासहित ७१ रनको पारी खेलेपछि लुम्बिनीले हारको सामना गर्यो ।

२. रोहित पौडेल उच्च रनकर्ताको दौडमा शीर्ष स्थानमा

लुम्बिनीका कप्तान रोहित औसतमा ४५.२५ रनको हिसाबमा १८१ रन बनाउँदै उच्च रनकर्ताको दौडमा शीर्ष स्थानमा छन् । चार खेल खेलेका रोहितले पोखरा एभेन्जर्सविरुद्ध ९५ रनको पारी खेलेका थिए । उनलाई समान खेल खेलेका लाहिरु मिलन्थाले पछ्याइरहेका छन् । जनकपुरका यी ब्याटर १६८ रन बनाउँदै दोस्रो स्थानमा छन् । चितवन राइनोजका रवी बोपारा १५७ रनका साथ तेस्रो स्थानमा छन् भने सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी १४० रन बनाएर चौथो स्थानमा छन् । यी दुबैले पनि चार खेल खेलेका छन् ।

३. सोहेल तनवीर सबैभन्दा धेरै विकेट लिने खेलाडी

पाकिस्तानी तीव्र गतिका बलर सोहेल तनवीर उच्च विकेटकर्ताको दौडमा शीर्ष स्थानमा छन् । उनले चार खेलमा एक मेडनसहित ९ विकेट लिएका छन् । काठमाडौंविरुद्ध तनवीरले पाँच विकेट लिएका थिए । एनपिएलमा पाँच विकेट लिने उनी पहिलो खेलाडी हुन् । त्यसयता सुदूरपश्चिमका नरेन साउद र जनकपुरका हर्ष थाकरले यो सफलता हासिल गरेका छन् । तनवीरलाई उच्च विकेटकर्ताको दौडमा यिनै थाकर र उनका सहकर्मी ललित राजवंशीले पछ्याइरहेका छन् । समान खेलमा दुबैले आठ विकेट लिएका छन् । ललितले थाकरभन्दा कम रन खर्चिएका छन् । सुदूरपश्चिमका स्कट कुगेलेइन सात विकेटका साथ चौथो स्थानमा छन् ।

४. अहिलेसम्म एक शतक, १६ अर्धशतक

पोखराका ओपनर आन्द्रेश गौसले लुम्बिनीविरुद्ध १०४ रनको अविजित पारी खेलेका थिए । जारी एनपिएलमा गौस शतक प्रहार गर्ने एक्ला खेलाडी हुन् । लुम्बिनीका कप्तान रोहित शतक बनाउन पाँच रनले चुक्दा सुदूरपश्चिमका सेफ जैब १० रन टाढा रहे । एनपिएलमा १६ अर्धशतक सम्भव भएका छन् । चितवनका बोपाराले दुई पटक ५० रनभन्दा माथि रन बनाएका छन् । जनकपुरका मिलन्था र कप्तान अनिल शाह, सुदूरपश्चिमका दीपेन्द्रसिंह र ब्रेन्डन म्याकमुलन, कर्णाली याक्सका शिखर धवन, लुम्बिनीका विवेक यादव, विराटनगरका लोकेश बम र मार्टिन गप्टिल, चितवनका हसन इसाखिल अर्धशतक प्रहार गर्ने अन्य नामहरु हुन् ।

एनपिएलमा मंगलबार चितवनले लुम्बिनीको सामना गर्दा कर्णालीले पोखराविरुद्ध खेल्ने छ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो