चैत्र ८, २०८२ आइतबार | ०२:५६:४६
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

स्कटल्यान्डविरुद्ध नेपालको सहज जित

काठमाडौं । नेपालले आइसिसी विश्वकप क्रिकेट लिग-२ मा साबिक विजेता स्कटल्यान्डलाई पाँच विकेटले पराजित गरेको छ ।

लिगमा नेपालले करिब आठ महिनापछि जित निकालेको हो । यसअघि नेपालले त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सविरुद्ध गत फेब्रुअरी १७ मा जित निकालेको थियो ।

जितसँगै १० खेलमा पाँच अंक जोडेको नेपाल सातौं स्थानमा छ । पराजित स्कटल्यान्ड ९ खेलबाट ११ अंकका साथ चौथो स्थानमा छ ।

मंगलबार अमेरिकाको डालसस्थित ग्राण्ड पियरे क्रिकेट मैदानमा स्कटल्यान्डले प्रस्तुत गरेको १५५ रनको लक्ष्य नेपालले २९.५ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालका लागि आरिफ शेखले ४२ बलमा आठ चौकाको मद्दतले अविजित ५१ रनको योगदान गरे । यसैगरी गुल्शन झाले अविजित २५, कुशल भुर्तेलले २५, आसिफ शेखले २१ र अनिल साहले १३ रन बनाए ।

छैटौं विकेटका लागि आरिफ र गुल्शनले अविजित ५७ रनको साझेदारी गरेका थिए । स्कटल्यान्डका ब्रेन्डन म्याकमुलनले दुई तथा ब्राण्ड करी, मार्क वाट र ज्याक जार्विसले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले ४१.४ ओभरमा सबै विकेट गुमाउँदै १५४ रनको योगफल तयार पारेको थियो ।

स्कटल्यान्डका लागि मार्क वाटले ३४, कप्तान रिची बेरिङ्गटन र माइकल जोनसले समान १९, ब्रेन्डन म्याकमुलनले १६, म्याथ्यु क्रसले १५ र माइकल लिस्कले १४ अंक जोडे ।

नेपालका लागि सन्दीप लामिछानेले तीन, करण केसी, सोमपाल कामी र गुल्शन झाले समान दुई तथा आरिफ शेखले एक विकेट लिए ।  

अब नेपालले शनिबार घरेलु टोली अमेरिकाको सामना गर्नेछ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो