माघ १८, २०८२ आइतबार | ००:५६:५६
रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ?

स्कटल्यान्डविरुद्ध नेपालको सहज जित

काठमाडौं । नेपालले आइसिसी विश्वकप क्रिकेट लिग-२ मा साबिक विजेता स्कटल्यान्डलाई पाँच विकेटले पराजित गरेको छ ।

लिगमा नेपालले करिब आठ महिनापछि जित निकालेको हो । यसअघि नेपालले त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सविरुद्ध गत फेब्रुअरी १७ मा जित निकालेको थियो ।

जितसँगै १० खेलमा पाँच अंक जोडेको नेपाल सातौं स्थानमा छ । पराजित स्कटल्यान्ड ९ खेलबाट ११ अंकका साथ चौथो स्थानमा छ ।

मंगलबार अमेरिकाको डालसस्थित ग्राण्ड पियरे क्रिकेट मैदानमा स्कटल्यान्डले प्रस्तुत गरेको १५५ रनको लक्ष्य नेपालले २९.५ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालका लागि आरिफ शेखले ४२ बलमा आठ चौकाको मद्दतले अविजित ५१ रनको योगदान गरे । यसैगरी गुल्शन झाले अविजित २५, कुशल भुर्तेलले २५, आसिफ शेखले २१ र अनिल साहले १३ रन बनाए ।

छैटौं विकेटका लागि आरिफ र गुल्शनले अविजित ५७ रनको साझेदारी गरेका थिए । स्कटल्यान्डका ब्रेन्डन म्याकमुलनले दुई तथा ब्राण्ड करी, मार्क वाट र ज्याक जार्विसले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले ४१.४ ओभरमा सबै विकेट गुमाउँदै १५४ रनको योगफल तयार पारेको थियो ।

स्कटल्यान्डका लागि मार्क वाटले ३४, कप्तान रिची बेरिङ्गटन र माइकल जोनसले समान १९, ब्रेन्डन म्याकमुलनले १६, म्याथ्यु क्रसले १५ र माइकल लिस्कले १४ अंक जोडे ।

नेपालका लागि सन्दीप लामिछानेले तीन, करण केसी, सोमपाल कामी र गुल्शन झाले समान दुई तथा आरिफ शेखले एक विकेट लिए ।  

अब नेपालले शनिबार घरेलु टोली अमेरिकाको सामना गर्नेछ । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।