एसेस टेस्ट शृंखला

अस्ट्रेलियासामु इङल्यान्ड निरिह

सिड्नी । प्याट कमिङस्ले पाँच विकेटसहित आफ्नो कप्तानीको सुखद सुरुआत गरेको दिन अस्ट्रेलियाले एसेस शृंखला अन्तर्गत बुधबारबाट सुरु पहिलो टेस्टको पहिलो इनिङमा इङ्ल्यान्डलाई एक सय ४७ रनमा अलआउट गरेको छ ।

यद्धपी लगातारको वर्षा र खराब प्रकाशका कारण पहलो दिनको खेल रोकिदा भने खेलमा पकड बनाएको अस्ट्रेलिया निराश बन्यो ।

कमिङ्सले ३८ रन खर्चदै पाँच विकेट लिएसँगै टस जितेर ब्याटिङका लागि आएको इङ्ल्यान्ड पहिलो इनिङमा घरेलु टोलीसामु निरिह बनेको थियो । 

टिम पायनेले राजिनामा दिएपछि एसेस शृंखलामार्फत नै कमिङस्ले पहिलो पटक अस्ट्रेलियाली टोलीको कप्तानी सम्हाल्ने अवसर पाएका थिए ।

इङल्यान्डका जस बट्लरले ३९ र ओले पोपले ३५ तथा क्रिस ओक्सले २१ रन जोडे भने अन्य कुनै पनि ब्याटरले दोहोरो रन स्कोर गर्न सकेनन् । 

अस्ट्रेलियाका कमिङ्सले पाँच तथा जस हाज्लेउड र मिचेल स्टार्कले समान दुई विकेट लिए ।