आश्विन ३, २०८१ बिहीबार | २२:१५:२०
तौथली सिभिल गोल्डकप असोज अन्तिम साता शुभाङ्ग, शौमिल, प्रसित र प्रवीर च्याम्पियन रुसकी एकातोरिना जुभ्यागिन्त्सेभा गण्डकी थन्डर्समा अनुबन्ध शान्त नेपाल र चित्लाङ विजयी टुसाल विद्यालयस्तरिय पौडीः स्वस्तिश्री च्याम्पियन बागमतीविरुद्ध वालिङको प्रभावशाली जित अन्तरवडा फुटसलः वडा नं १२, ५, २६ र ३२ विजयी ललितपुर क्विन्सले शनिबार ‘ट्यालेन्ट हन्ट’ गर्ने भैंसेपाटी स्पोर्टस एकेडेमी सञ्चालनमा दशरथ रंगशाला स्तरोन्नतीको कार्ययोजना पेश गर्न एन्फाको आलटाल तौथली सिभिल गोल्डकप असोज अन्तिम साता शुभाङ्ग, शौमिल, प्रसित र प्रवीर च्याम्पियन रुसकी एकातोरिना जुभ्यागिन्त्सेभा गण्डकी थन्डर्समा अनुबन्ध शान्त नेपाल र चित्लाङ विजयी टुसाल विद्यालयस्तरिय पौडीः स्वस्तिश्री च्याम्पियन बागमतीविरुद्ध वालिङको प्रभावशाली जित अन्तरवडा फुटसलः वडा नं १२, ५, २६ र ३२ विजयी ललितपुर क्विन्सले शनिबार ‘ट्यालेन्ट हन्ट’ गर्ने भैंसेपाटी स्पोर्टस एकेडेमी सञ्चालनमा दशरथ रंगशाला स्तरोन्नतीको कार्ययोजना पेश गर्न एन्फाको आलटाल

नेपाल रोमाञ्चक खेलमा ओमानसँग १ विकेटले पराजित

काठमाडौं । गुल्शन झाले पाँच विकेटसँगै अर्धसतक बनाएको रोमाञ्चक खेलमा नेपाल ओमानसँग १ विकेटले पराजित भएको छ ।

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक शृंखलाको दोस्रो खेलमा पनि नेपाल अंक जोड्न सफल भएन । पहिलो खेलमा क्यानाडासँग एक सय ३ रनले पराजित भएको थियो ।

पहिला ब्याटिङ गरेको नेपालले गुल्शन र कप्तान रोहित कुमार पौडेलको अर्धसतक मद्धतमा ९ विकेट गुमाउँदै दुई सय २१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा एक बल बाँकी रहँदा ओमानले ९ विकेट गुमाउँदै जित निकाल्यो ।

सोमपाल कामीलाई अन्तिम बलमा कलिमुल्लाहले चौका प्रहार गर्दै जित निकालेका थिए । अन्तिम ओभरमा आठ रन चाहिएको अवस्थामा ओमानले १० रन जोड्यो ।

लगातार हारपछि नेपाल ६ खेलबाट २ अंक जोड्दै सातौं स्थानमा छ । ओमान ५ खेलबाट पाँच अंकसहित छैटौं स्थानमा रह्यो । ८ खेलबाट १२ अंक जोडेको नेदरल्यान्ड्स शीर्ष स्थानमा छ ।

ओमानको जितमा ओपनर जितेन्दर सिंहले सर्वाधिक ४१, अर्का ओपनर कश्यप प्रजापतिले ३६ रनको योगदान गरे । दुबैले पहिलो विकेटको लागि ७५ रनको बलियो साझेदारी गरेका थिए ।

नेपालका गुल्शन झाले सर्वाधिक पाँच विकेट लिए । १० ओभरमा दुई मेडन राखेका उनले ४७ रन खर्चिए । करण केसीले दुई तथा सन्दीप लामिछाने र आरिफ शेखले समान एक विकेट हात पारे । सोमपाल कामी, ललितनारायण राजवंशी भने विकेट विहिन रहन पुगे ।  

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले ३१ रन बनाउँदा तीन विकेट गुमाएपछि दबाबमा आएको थियो । चौथो क्रममा आएका कप्तान रोहितले ७२ बलमा ६० रन बनाउँदै टोलीलाई दबाबमुक्त बनाएका थिए । छैटौं नम्बरमा आएका गुल्शनले ३५ बलमा तीन चौका र पाँच छक्कासहित ५३ रन बनाए ।

रोहित र आरिफ शेखले चौथो विकेटको लागि सर्वाधिक ८३ रनको साझेदारी गरेका थिए । आरिफले ३५ रन बनाए । 
 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024