आइसिसी ट्वान्टी २० विश्वकप

टस जितेर पहिला फिल्डिङ गर्दै वेस्ट इन्डिज

अबुधाबी । ट्वान्टी २० विश्वकपको सुपर १२ अन्तर्गत समूह एकको खेलमा श्रीलंका र वेस्ट इन्डिजले अबुधाबीमा केहीबेरमा प्रतिस्पर्धा गर्दैछन् ।

सेमिफाइनल पुग्ने झिनो सम्भावना रहेको वेस्ट इन्डिजले टस जितेर फिल्डिङ रोजेको छ । श्रीलंका भने समूह चरणबाट बाहिरिइसकेको छ ।

चार खेलमा श्रीलंकाले दुई अंक जोडेको छ भने तीन खेलमात्र खेलेको वेस्ट इन्डिजको खातामा पनि समान दुई अंक छ । चार खेलमा सतप्रतिसत नतिजासहित आठ अंक जोडेको इङ्ल्यान्ड दुई खेल बाँकी रहँदै सेमिफाइनल पुगिसकेको छ ।

भर्खरै सम्पन्न खेलमा बंगलादेशमाथि आठ विकेटको जित हासिल गरेको अस्ट्रेलिया ६ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । समान ६ अंक भए पनि नेट रनरेटमा पछि परेको दक्षिण अफ्रिका तेस्रो स्थानमा छ । बंगलादेशले पाँच खेलमा अंकको खाता खोल्न सकेको छैन ।