ट्वान्टी २० विश्वकप

सेमिफाइनलमा स्थान पक्का गर्ने लक्ष्यमा अस्ट्र्रेलिया, सुखद अन्त्यको आशमा बंगलादेश

दुबई । आइसिसी ट्वान्टी २० विश्वकपअन्तर्गत बिहिबार बंगलादेशविरुद्ध मैदान उत्रिदा अस्ट्रेलिया जितसहित ‘ग्रुप वान’ बाट सेमिफाइनल पुग्ने सम्भावनालाई कायम राख्ने लक्ष्यमा हुनेछ ।

प्रतियोगिताको पहिलो खेलमा दक्षिण अफ्रिकालाई पाँच र दोस्रो खेलमा श्रीलंकालाई सात विकेटले पराजित गरेको अस्ट्रेलिया तेस्रो खेलमा भने इङ्ल्यान्डसँग आठ विकेटले पराजित भएको थियो ।

 यसअघिका चारमध्ये चारै खेलमा पराजित भएको बंगलादेश भने प्रतियोगिताबाट बाहिरिसकेको छ ।

पहिलो खेलमा श्रीलंकाविरुद्ध पाँच विकेट,दोस्रो खेलमा इङ्ल्यान्डविरुद्ध आठ विकेट, तेस्रो खेलमा वेस्ट इन्डिजविरुद्ध तीन रनले र चौथो खेलमा दक्षिण अफ्रिकाविरुद्ध ६ विकेटले पराजित भएको बंगलादेश भने प्रतियोगिताबाट बाहिरिसकेको छ ।

यी दुई टोलीबीचको खेल सयुक्त अरब इमिरेट्स (युएई) को दुुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेबाट सुरु हुनेछ ।

त्यस्तै आजै हुने दोस्रो खेलमा साविक विजेता वेस्ट इन्डिजले श्रीलंकाको सामना गर्दैछ ।

युएईको शेख जयेद रंगशालामा हुने खेल साँझ ७ः४५ बजेबाट सुरु हुनेछ ।