ट्वान्टी २० विश्वकप

आक्रामक रणनिती न्युजिल्यान्डविरुद्ध प्रभावकारी बन्न सकेनः बुमरा

दुबई । भारतीय क्रिकेट टोलीका तिव्र गतिका बल जसप्रित बुमराहले आइतबार न्युजिल्यान्डविरुद्धको पराजयको मुख्य कारण सुरुबाटै आक्रामक ब्याटिङ शैली अपनाउनु रहेको बताएका छन् ।

‘हामी थप केही रन जोड्न चाहन्थ्यौं, जसले हामीलाई दोस्रो इनिङ्मा सहयोग गर्न सक्थ्यो । मलाई लाग्छ त्यसक्रममा हामीले निकै आक्रामक सटहरु खेल्यौं, जुन न्युजिल्यान्डविरुद्धको खेलमा प्रभावकारी हुन सकेन,’ बुमराहले भने, ‘हाम्रो पराजयको कारण सम्हालिएर ब्याटिङ  गर्न नसक्नु थियो । न्युजिल्यान्डविरुद्ध हाम्रो आक्रमणमा धेरै समस्याहरु देखियो ।’

आइतबार राती भएको खेलमा न्युजिल्यान्डले भारतमाथी आठ विकेटको सहज जित निकालेको थियो 

प्रतियोगितामा लगातार दोस्रो हारले भारतको शीर्ष दुईमा बस्दै सेमिफाइनल प्रवेश गर्ने सम्भावना निकै कठिन बनेको छ ।