ट्वान्टी २० विश्वकप

पहिलो जितको खोजीमा भारत र न्युजिल्यान्ड

दुबई । आइसीसी ट्वान्टी २० विश्वकपमा आइतबार न्युजिल्यान्ड र भारत एकअर्काविरुद्ध मैदान उत्रदा दुवै टोली प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछन् । 

प्रतियोगिताको पहिलो खेलमा दुवै टोली पाकिस्तानसँग निराश भएका थिए ।

 भारतले पाकिस्तानलाई १० विकेटको नतिजा सुम्पिदा न्युजिल्यान्डले पाँच विकेटको नतिजा सुम्पिएको थियो।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने यी दुईबीचको खेल नेपालीअनुसार साँझ ७ः४५ बजेबाट सुरु हुनेछ ।

आजै हुने पहिलो खेलमा नामिबियाले अफगानिस्तानको सामना गर्दैछ । 

युएईको शेख जयेद क्रिकेट रंगशालामा हुने खेल दिउँसो ३ः४५ बजेबाट सुरु हुनेछ । 

प्रतियोगिताको पहिलो खेलमा अफगानिस्तानले स्कटल्यान्डलाई एक सय ३० रनले पराजित गरेको थियो भने दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटले पराजित भएको थियो । 

त्यस्तै पहिलो खेलमा स्कटल्यान्डलाई चार विकेटले हराएको नामिबियाको भने यो दोस्रो खेल हो ।