ट्वान्टी २० विश्वकप

श्रीलंकामाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित

दुबई । आइसीसी ट्वान्टी २० विश्वकपमा दक्षिण अफ्रिकाले श्रीलंकालाई चार विकेटले पराजित गर्दैै अघिल्लो चरण प्रवेश सम्भावना जीवित राखेको छ ।

श्रीलंकाले प्रस्तुत गरेको  एक सय ४३ रनको लक्ष्य दक्षिण अफ्रिकाले एक बल बाँकी रहँदा ६ विकेटको क्षतीमा पूरा गर्यो ।

तीन खेलको समाप्तीमा चार अंकसहित दक्षिण अफ्रिका ग्रुप वानको तेस्रो स्थानमा छ । समान खेलमा दुई अंक जोडेको श्रीलंका चौथो स्थानमा छ ।

दक्षिण अफ्रिकाको जितमा कप्तान टेम्बा बभुमाले सर्वाधिक ४६ रन बनाए । त्यस्तै डेविड मिलरले अविजित ३२, एडियन मार्करमले १९ र कागिसोे रबाडाले अविजित १३ रन जोडे । 

श्रीलंकाका वनिन्दु हसरंगा डी सिल्भाले तीन तथा दुसमन्था चामिराले दुई विकेट लिए । 

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै एक सय ४२ रनको योगफल तयार पारेकाे थियो । 

श्रीलंकाका पथुम निसाकाले सर्वाधिक ७२ रन बनाएका थिए ।। त्यस्तै चारिथ असलंकाले २१ र कप्तान दासुन सनाकाले ११ जोडेका थिए । 

दक्षिण अफ्रिकाका तवरेज साम्सी र ड्वेन प्रिटोरियसले समान तीन विकेट लिएका थिए । त्यस्तै एनरिक नोट्जेले दुई विकेट हात पारेका थिए ।