दुबई । बंगलादेशमाथि तीन रनको रोमाञ्चक जितका साथ वेस्ट इन्डिजले आइसीसी ट्वान्टी२० विश्वकपको अघिल्लो चरण प्रवेश सम्भावना जीवित राखेको छ ।
शुक्रबार पहिलो खेलमा वेस्ट इन्डिजले प्रस्तुत गरेको एक सय ४३ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा पाँच विकेट क्षतीमा एक सय ३९ रन मात्र जोड्न सक्यो ।
जितका लागि बंगलादेशलाई अन्तिम ओभरमा १३ रनको आवश्यक थियो । आन्द्रे रसेलको अन्तिम ओभरमा बंगलदेशले नौ रन मात्र जोड्याे।
बंगलदेशका लिट्टन दासले सर्वाधिक ४४ र कप्तान महमोदुल्लाहले अविजित ३७ रन बनाए ।
प्रतियोगितामा तीन खेलको समाप्तीमा वेस्ट इन्डिजको यो पहिलो जित हो भने बंगलादेशको लगातार तेस्रो हार हो ।
यसअघि टस हारेर ब्याटिङका लागि आएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ४२ रनको योगफल खडा गरेको थियो ।