आइसिसी ट्वान्टी २० विश्वकप

वेस्ट इन्डिजविरुद्ध टस जितेर बंगलादेश फिल्डिङमा

दुबई । आइसिसी ट्वान्टी२० विश्वकप अन्तर्गत शुक्रबारको पहिलो खेलमा बंगालदेशले साविक विजेता वेस्ट इन्डिजविरुद्ध टस जितेर फिल्डिङ गर्ने भएको छ । 

दुवै टोली प्रतियोगितामा पहिलो जितको खोजीमा छन् ।

वेस्ट इन्डिज पहिलो खेलमा इङ्ल्यान्डसँग ६ विकेट र दोस्रो खेलमा दक्षिण अफ्रिकासँग आठ विकेटले पराजित भएको थियो ।

त्यस्तै बंगलादेश पहिलो खेलमा श्रीलंकासँग पाँच विकेटले र दोस्रो खेलमा इङ्ल्यान्डसँग आठ विकेटले पराजित भएको थियो ।