आइसिसी ट्वान्टी २० विश्वकप

पाकिस्तान र अफगानिस्तान आमने सामने हुँदैः दुवै टोली जित यात्रा निरन्तरताको लक्ष्यमा

दुबई । आइसिसी ट्वान्टी २० विश्वकप क्रिकेट अन्तर्गत शुक्रबार ‘ग्रुप टु’ मा अफगानिसस्तानविरुद्ध मैदान उत्रदा पाकिस्तान लगातार तेस्रो जितको खोजीमा हुनेछ । 

पहिलो खेलमा चिरप्रतिद्धन्द्धी भारतविरुद्ध १० विकेट र  दोस्रो खेलमा न्युजिल्यान्डलाई पाँच विकेटले पराजित गरेको पाकिस्तान आफगानिस्तानविरुद्ध पनि सोही लय कायम राख्न चाहन्छ । 

पाकिस्तानविरुद्ध मैदान उत्रदा अफगानिस्तान पनि लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा स्कटल्यान्डमाथी एक सय ३० रनको जित दर्ता गराएको अफगानिस्तान आजको खेलमा सोही लयको व्याटिङ र बलिङलाई निरन्तरता दिन चाहन्छ । 

सयुक्त अरब इमिरेट्स (युएई) को दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने आजको दोस्रो खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेबाट सुरु हुनेछ । 

यसैगरी आजको पहिलो खेलमा ‘ग्रुप वान’ बाट साविक विजेता वेस्ट इन्डिजले बंगलादेशको सामना गर्दैछ । आजको खेलमा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् । 

प्रतियोगितमा वेस्ट इन्डिज पहिलो खेलमा इङ्ल्यान्डसँग ६ विकेट र दोस्रो दक्षिण अफ्रिकासँग आठ विकेटले पराजित भएको थियो । 

त्यस्तै बंगलादेश पहिलो खेलमा श्रीलंकासँग पाँच विकेटले र दोस्रो खेलमा इङ्ल्यान्डसँग आठ विकेटले पराजित भएको थियो ।

यी दुई टोलीबीचको खेल दुबईको शारजाह क्रिकेट रंगशालामा दिउँसो ३ः४५ बजेबाट सुरु हुनेछ ।