आइसिसी ट्वान्टी २० विश्वकप

वार्नरको अर्धशतकमा अस्ट्रेलियाको सहज जित

दुबई । डेविड वार्नरको अर्धशतकप्रेरित अस्ट्रेलियाले आइसीसी ट्वान्टी२० विश्वकपमा लगातार दोस्रो जित हात पारेको छ ।

बिहीबार सम्पन्न खेलमा अस्ट्रेलियाले श्रीलंकालाई सात विकेटले पराजित गर्यौ ।

श्रीलंकाले प्रस्तुत गरेको एक सय ५५ रनको लक्ष्य अस्ट्रेलियाले १७ ओभरमा तीन विकेट क्षतीमा पूरा गरेको थियो ।

अस्ट्रेलियाका लागि ओपनर डेविड वार्नरले ६५ र कप्तान एरोन फिन्चले ३७ रन जोडे । वार्नर र फिन्चले पहिलो विकेटका लागि ७० रनको साझेदारी गरेका थिए । 

वार्नरले ४२ बलमा १० चौका प्रहार गरे । फिन्चले २३ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे ।

त्यस्तै स्टिभ स्मिथले अविजित २८ र मार्कुस स्टोइनिसले अविजित १६ रन जोडे । 

पहिलो खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई पाँच विकेटले हराएको थियो ।

यसअघि टस हारेर ब्याटिङका लागि आएको श्रीलंकाले ओपनर कुशल परेरा र चारिथ असलंकाको समान ३५ रन मद्दतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ए सय ५४ रनको योगफल तयार पारेको थियो ।