आइसिसी ट्वान्टी २० विश्वकप

अस्ट्रेलियालाई श्रीलंकाको एक सय ५५ रनको लक्ष्य

दुबई । श्रीलंकाले अस्ट्रेलियासामु जितका लागि एक सय ५५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी ग्रुप टु को खेलमा टस हारेर ब्याटिङका लागि आएको श्रीलंंकाले निर्धारित २० ओभरका ६ विकेट गुमाउँदै एक सय ५४ रनको योगफल खडा गरेको थियो ।

श्रीलंकाका लागि ओपनर कुशल परेरा र चारिथ आसलंकाले समान ३५ रन बनाए । परेरा र आसलंकाले दोस्रो विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए ।  त्यस्तै भानुका राजापाक्षेले अविजित ३३ जोडे ।

अस्ट्रेलियाका मिचेल स्टार्क, प्याट कमिङस र एडम जाम्पाले समान दुई विकेट लिए ।