आइसिसी ट्वान्टी २० विश्वकप

अस्ट्रेलिया र श्रीलंका भिड्दैः दुवै टोली जित यात्रा निरन्तरताको लक्ष्यमा

दुबई । आइसिसी ट्वान्टी २० विश्वकपमा आज अस्ट्रेलिया र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ ।

दुवै टोली जित यात्रालाई निरन्तरता दिने लक्ष्यमा हुनेछन् । दुवै टोली आफ्नो जित यात्रालाई निरन्तरता दिन चाहन्छन् ।

सयुक्त अरब इमिरेट्स (युएई) को दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेबाट सुरु हुनेछ ।

यसअघिको पहिलो खेलमा शनिबार अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई र आइतबार श्रीलंकाले बंगलादेशलाई समान पाँच विकेटले पराजित गरेका थिए ।