ट्वान्टी २० विश्वकप

लगातार दोस्रो जितको खोजीमा इङ्ल्यान्ड र नामिबिया

काठमाडौं । इङ्ल्यान्ड र नामिबिया ट्वान्टी २० विश्वकपमा लगातार दोस्रो जित हासिल गर्ने लक्ष्यका साथ आज बुधबार मैदान उत्रिँदैछन् ।

समूह ‘एक’को खेलमा इङ्ल्यान्डले अबुधाबीको शेख जायेद रंगशालामा बंगलादेशसँग खेल्नेछ भने समूह ‘दुई’मा नामिबियाले स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । इङ्ल्यान्ड र बंगलादेशबीचको खेल नेपाली समयअनुसार दिउसो ३:४५ बजे सुरु हुनेछ भने नामिबिया र स्कटल्यान्डबीचको खेल साँझ ७:४५ बजे हुनेछ ।

इङ्ल्यान्डले समूहको पहिलो खेलमा वेस्ट इन्डिजमाथि ६ विकेटको जित हासिल गरेको थियो । वेस्ट इन्डिजलाई ५५ रनमा अलआउट गरेको इङ्ल्यान्डले दुबईमा ८.२ ओभरमै चार विकेटको क्षतिमा लक्ष्य प्राप्त गरेको थियो ।

बंगलादेशले भने पहिलो खेलमा श्रीलंकालाई पाँच विकेटको नतिजा सुम्पिएको थियो ।

यसैगरी स्कटल्यान्ड पहिलो खेलमा अफगानिस्तानसँग एक सय ३० रनको नतिजामा पराजित भएको थियो । अफगानिस्तानले दिएको एक सय ९१ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड १०.२ ओभरमा ६० रनमा सीमित भएको थियो ।

नामिबियाले पहिलो खेलमा आयरल्यान्डलाई आठ विकेटको नतिजामा हराएको थियो । एक सय २६ रनको लक्ष्य टोलीले १८.३ ओभरमा दुई विकेटको क्षतिमा हासिल गरेको थियो ।