फाल्गुन २७, २०८२ बुधबार | १४:२७:४८
च्याम्पियन कप्तानलाई नेतृत्व गर्दै हार्दिक राष्ट्रिय लिगमा बुधबार दुई खेल द हन्ड्रेडको अक्सन आजबाट - बिक्लान् त सन्दीप ? विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै च्याम्पियन कप्तानलाई नेतृत्व गर्दै हार्दिक राष्ट्रिय लिगमा बुधबार दुई खेल द हन्ड्रेडको अक्सन आजबाट - बिक्लान् त सन्दीप ? विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै

क्यानलाई कसैले हल्लाउन नसक्ने गरी स्थापित गर्यौं, अब नयाँ नेतृत्वलाई काम गर्न दिनुपर्छ : प्याकुर्याल

काठमाडौं, (खेलाडी)- नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुर्‍यालले बुधबार राजीनामाको घोषणा गरेका छन् ।

नेपालमा क्यानको अस्तित्व नै संकटमा रहेका बेला आफूहरुले संस्थालाई स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै सचिव प्याकुर्‍यालले अब नयाँ नेतृत्वलाई अवसर दिनुपर्ने बताए । राजीनामाको कारण नयाँ नेतृत्वलाई काम गर्न दिनुपर्ने बताए पनि उनीहरुले वर्तमान नेतृत्वसँगको असन्तुष्टिका कारण पद त्याग गरेको सकेत गरे ।

‘आइसिसीले क्यानको सदस्यता निलम्बन फुकुवा गरेकै दिन हामीलाई अब पछि हट्नुपर्छ भन्ने लागेको थियो । तर त्यतिबेला समय अझै परिपक्व भएको छैन भन्ने महशुस गर्‍यौं,’’ प्याकुर्‍यालले भने, ‘हामीले क्यानको विकल्प क्यान नै हो भनेर स्थापित गर्न ठूलो भुमिका खेल्यौं । हामीले त्यसका लागि धेरै लडाई लड्यौं । आज त्यो मुद्दा स्थापित भएको छ । यो उपलब्धिमा हामी गौरवान्वित छौं । यसै गौरवको क्षणमा अब नयाँ नेतृत्वलाई अवसर दिनका लागि हामी पछि हट्ने निर्णय गरेका छौं ।’

सचिव प्याकुर्‍यालले क्यानका अन्य पदाधिकारीसँग कुनै समस्या नभएको दाबी गरे । तर पछिल्लो समय अध्यक्ष चतुरबहादुर चन्द र प्याकुर्‍यालबीचको सम्बन्ध चिसिएको थियो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)को रोड्म्यापअनुसार भएको निर्वाचनमा चन्द समूहले क्यानका पूर्व अध्यक्ष विनयराज पाण्डे पक्षलाई पराजित गर्दै क्यानमा एकलौटी नेतृत्व हासिल गरेको थियो । चन्द समूहले क्लिन स्विप गरेको चुनावबाट श्रेष्ठ उपाध्यक्ष र प्याकुर्‍याल सचिवमा निर्वाचित भएका थिए ।

चुनाव अघिसम्म लामो समय सँगै अख्तियार दूरुपयोग अनुसन्धान आयोग देखि राष्ट्रिय खेलकुद परिषद र आइसिसीसँग समेत लडेको समूह क्यानको नेतृत्वमा पुगेपछि भने आपसी विवादमा अल्झिएको थियो । आपसी विवादले चर्को रुप लिँदा उपाध्यक्ष र सचिवजस्ता टिमका खम्बाले राजीनामा दिनुपर्ने अवस्था सिर्जना भएको क्यानका एक वरिष्ठ पदाधिकारीले खेलाडीसँग बताए ।

सांकेतिक रुपमा क्यानमा रहेको दुई धारको संकेत गरे पनि सचिव प्याकुर्‍यालले औपचारिक रुपमा भने त्यसलाई स्वीकारेनन् ।

‘क्यानमा दुई धार छ भन्ने चर्चा व्यापक छ । त्यो हामीलाई थाहा छ, तर त्यो कुरा साँचो होइन । हामीले क्यानलाई केन्द्र भागमा स्थापित गर्दै पूर्ण रुपमा स्थापित गर्ने आफ्नो अभिभारा पूरा भएको ठानेका छौं,’ प्याकुरेलले राजीनामा घोषणा गर्ने क्रममा भने, ‘एकसमय थियो, क्यान नभए पनि क्रिकेट चल्छ भन्ने धारणा जबरजस्त रुपमा विकसित हुन थालेको थियो । क्यानलाई बाइपास गरेर क्रिकेटमा काम गर्न सकिन्छ भनेर राष्ट्रिय खेलकुद परिषदले समेत प्रयास गरेको थियो । तर अन्तत क्यानको विकल्प क्यान नै हो भनेर हामीले स्थापित गरेका छौं । क्यान स्वतन्त्र रुपमा संचालित छ । क्यान आफ्नो विधानअनुसार पूर्ण अधिकारसहित काम गर्न सक्षम छ । क्यान पूर्ण रुपमा लिकमा फर्किएको छ । पछिल्लो दश १० वर्षमा क्यानलाई स्थापित गर्न हामीले केन्द्र भागमा रहेर काम गर्‍यौं । यसबीचमा प्राप्त उपलब्धि गर्व गर्न लायक छ । अब कसैले क्यानमाथि हस्तक्षेप गर्न सक्ने छैन । परिषद र आइसिसीले पनि सक्दैन । अब नयाँ नेतृत्वलाई अवसर दिनुपर्छ भनेर हामीले क्यानबाट अगल हुने निर्णय गरेका छौं । यसले जसरी पनि पदमा टाँसिएर बस्नुपर्छ भन्ने मान्यताको अन्त्य भएको छ ।’

विवादको समयमा आइसिसीले विश्वकप खेलिसकेको देशलाई पनि नयाँ सदस्यताका लागि आवेदन गरेको देशको जसरी व्यवहार गरेको स्मरण गर्दै प्याकुर्‍यालले आइसिसीको त्यस्तो व्यवहारमा आफूहरुले परिवर्तन ल्याएको र संस्थाको मर्यादा स्थापित गरेको प्रष्ट पारे ।

आफूहरुलाई क्रिकेटमा राजनीति भित्र्याएको आरोप लाग्ने गरे पनि त्यो साँचो नभएको प्रष्टोक्ति दिए । भने, '२०६८ सालको निर्वाचनमा हामीले राजनीति भित्र्याएको आरोप खेप्यौं । तर हामीले चालेको त्यही कदमले नेपालमा क्रिकेटलाई संस्थागत रुपमा अगाडि बढाउन योगदान गरेको छ । तदर्थवादमा चल्दै आएको क्रिकेटमा चुनावको संस्कार स्थापित गरिएको छ ।'

क्यानलाई प्रतिनिधित्व गर्दै एसियाली क्रिकेट परिषद (एसिसी)को डेभलपमेन्ट कमिटीमा पुगेका प्याकुर्‍यालले राजीनामापछि त्यसमा पनि प्रभाव हुन सक्ने बताए ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||