पुस २०, २०८२ सोमबार | १५:४९:२०
केल्मी भक्तपुरले तेस्रो स्थापना दिवस मनायो लमजुङमा फुटबल यात्रीको क्याम्प एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सचिवालय उद्घाटन पिएसजी अझै दोस्रो स्थानमै इन्टर शीर्ष स्थानमा फर्कियो फर्नान्डोको गोलमा चेल्सीले हार टार्याे गार्सिया चम्किदा रियालको सानदार जित कैलाली जिल्लास्तरीय फुटबलः साहारा र गौरीगंगा विजयी गाउँलेलाई ‘न्यु इयर’कपको उपाधि राष्ट्रिय लिग पाँच दिन धकेलियो, उद्घाटन खेलमा काँक्रे बिहार र फ्रेण्ड्स खेल्ने केल्मी भक्तपुरले तेस्रो स्थापना दिवस मनायो लमजुङमा फुटबल यात्रीको क्याम्प एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सचिवालय उद्घाटन पिएसजी अझै दोस्रो स्थानमै इन्टर शीर्ष स्थानमा फर्कियो फर्नान्डोको गोलमा चेल्सीले हार टार्याे गार्सिया चम्किदा रियालको सानदार जित कैलाली जिल्लास्तरीय फुटबलः साहारा र गौरीगंगा विजयी गाउँलेलाई ‘न्यु इयर’कपको उपाधि राष्ट्रिय लिग पाँच दिन धकेलियो, उद्घाटन खेलमा काँक्रे बिहार र फ्रेण्ड्स खेल्ने

अनिश र सन्तोषी च्याम्पियन

म्याराथनका शीर्ष तीन ।

लुम्बिनी । अनिश थापामगर तथा सन्तोषी श्रेष्ठ तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा शनिबार च्याम्पिन बनेका छन् ।  

अनिशले पुरुष म्याराथन र सन्तोषीले महिला हाफ म्याराथनको उपाधि जिते ।

अनिशले २ घण्टा २० मिनेट र १९ सेकेन्डमा दौड पूरा गरे ।  सुशीलकुमार शाही २ घण्टा २० मिनेट र २५ सेकेन्डका साथ दोस्रो स्थानमा रहे ।  यस्तै तेस्रो हुने केन्याली धावक स्टेफन कोसीले २ घण्टा २० मिनेट ४८ सेकेन्डमा दौड टुंग्याएका थिए ।

अनिशले ३ लाख ५० हजार रुपैयाँ प्राप्त गरे । यस्तै सुशीलले २ सय ५० र स्टेफनले १ लाख ५० हजार रुपैयाँ हात पारे ।

सन्तोषीले १ घण्टा २० मिनेट २५ सेकेन्डमा दौड पूरा गरिन् । पूर्णलक्ष्मी न्यौपाने १ घण्टा २१ मिनेट ३७ सेकेन्डका दोस्रो र  चेन वेइ  २ घण्टा २४ सेकेन्डको समय निकाल्दै तेस्रो भइन् ।

 महिला हाफ म्याराथनका पदक विजेता । 

हाफ म्यानराथनका शीर्ष तीनले क्रमशः १ लाख ५० हजार, १ लाख र ८० हजार रुपैयाँ प्राप्त गरे ।

यस्तै पुरुष ५ किलोमिटर दौडमा नागेश्वर अहिर, गणेशसिंह रावत र भुपेन्द्र सुनार शीर्ष तीनमा रहे । नागेश्वरले १५ मिनेट ४६.८ सेकेन्डमा दौड पूरा गरे ।

गणेशले १५ मिनेट ५०.४ सेकेन्ड र भुपेन्द्रले १६ मिनेट १ सेकेन्डको सामय निकाले । महिला ५ किलोमिटर दौडमा २१ मिनेट १४।४४ सेकेन्डमा दौड पूरा गर्दै नीरमाया चौधरी पहिलो भइन् । त्यसपछि दुई चिनिया धाविका आए। छिन वान्ची ३३ मिनेट २७.१८ र वाङ याची ३३ मिनेट ४०.२७ सेकेन्डमा दौड पूरा गर्दै क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरे  ।

यस्तै ५ किलोमिटर दौडको ब्वाइजमा कृष्ण परियार १६ मिनेट १९.६ सेकेन्डको समय निकाल्दै पहिलो भए । अमृत विश्वकर्मा १६ मिनेट २८-३ सेकेन्डमा दोस्रो तथा र उमेश बराई १६ मिनेट ५६.३ सेकेन्डको समयमा क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

महिला ५ किलोमिटर दौडका शीर्ष तीन । 

गर्ल्स ५ किलोमिटर दौडमा चाँदनी पासी, कुशुम ठगुन्ना र माया बाराई शीर्ष तीन स्थानमा रहे । दौड पूरा गर्न चाँदनीलाई २१ मिनेट ४८.३, कुशुमलाई २२ मिनेट २८.६ तथा मायालाई २ मिनेट ३६.७ सेकेन्ड लागेको थियो ।

दौड लुम्बिनी स्क्वायरबाट सुरु भएर त्यहीं टुंगेको थियो । कार्यक्रमका अवसरमा तीन किलोमिटरको वाकाथनको पनि आयोजना गरिएको थियो ।

नेपाल ओलम्पिक कमिटीको आयोजनामा भएको प्रतियोगितालाई चिनिया राजदूतावासको सहयोग थियो । विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र चिनिया राजदूत चेन सोङलगायतले पुस्कार तथा प्रमा णपत्र वितरण गरेका थिए ।

 दौडमा सहभागी । 

भिडियो
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA