भाद्र २३, २०८१ आइतबार | ०८:३८:५२
इङ्ल्यान्डको विजयी सुरुआत जर्मनीको फराकिलो जित राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने इङ्ल्यान्डको विजयी सुरुआत जर्मनीको फराकिलो जित राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने

पाेखरामा राष्ट्रिय मुवाँथाई प्रतियोगिता सम्पन्न, १६ जना च्याम्पियन

पाेखरा ।  गण्डकी प्रदेश खेलकुद परिषदको आयोजना तथा नेपाल मुवाँथाई अर्गनाइजेसनको संयोजनमा पोखरा राष्ट्रिय स्तरको मुवाँथाई प्रतियोगिता सम्पन्न भएको छ ।

पोखरा ६ लेकसाइडस्थित नेपाल ट्रस्टको चौरमा भएको प्रतियोगिताको कुल १६ मध्ये सात प्रो-फाइट (प्रोफेसनल), सात सेमी-प्रो र दुई एमेचर फाइट भएका थिए । एक प्रतिस्पर्धा अवधारणा (वान फाइट सिस्टम) अनुसार भएको च्याम्पियनसिपमा हरेक खेलका विजेता तथा उपविजेताले नगद पुरस्कारसहित मेडल र गिफ्ट प्राप्त गरे ।

प्रो-फाइटतर्फ ५७ केजी फेदरवेटमा स्ट्रोङगेस्ट मुवाँथाईका ज्ञानेन्द्र सिंहले गालाकका आकेश केसीलाई हराए । यस्तै ५५ केजी सुपर वेन्टमवेटमा राइनो मुवाँथाईका गुमान मगरले गोकर्णेश्वरका लाक्पा तामाङ, ६० केजी लाइटवेटमा एरावान मुवाँथाई फाइट जिमका छिरिङ पल्देन शेर्पाले स्ट्रोङगेस्टका तेन्जिन राव्यान गुरुङ र ६३ सुपर लाइटवेटमा हिट मुवाँथाईका मिलन तामाङले लेखनाथ डोजो मुवाँथाईका मोस्सेस कुमाललाई स्तब्ध बनाए ।  

यसैगरी ५५ केजी सेपर वेन्टमवेटमा सर्लाही मुवाँथाईका धर्मिन्दर रामले रकस्टार मुवाँथाईका प्रविन राईलाई ५० केजी फ्लाइवेटमा स्ट्रोङगेस्टकी सुस्मा चौधरीले एरवान मुवाँथाई फाइकी रजिना विष्ट र ६० केजी लाइटवेटमा जिमखाना मुवाँथाईका करण बर्जाचार्यले स्ट्रोङगेस्टका रोहित मगरलाई हराउँदै विजेता बने ।

सेमी-प्रो फाइटमा किड फाइटमा इस्ट्रोङगेस्टका रमित महर्जनले आफ्नै क्लबका सुरेश नेपाली, ६० सुपर फेदरवेटमा एपिएफका पेम्बा छिरिङले अल फाइट सिस्टम अर्गनाइजेसनका कर्णबहादुर मगराती ), ४५ केजी पिनवेटमा एपिएफकी रिना माझिले नेपाल मुवाँथाईकी ज्योती मल्ल, ६३ केजी सुपर लाइटवेटमा स्ट्रोङगेस्टका सागर परियारले सिङ मुवाँथाईका गौतम थिङलाई निराश बनाए ।

५७ केजी फेदरजेटमा पोखरा फाइट क्लबका रोनिस मगरले माउन्टेन मुवाँथाईका हविल तमाङ, ५० केजी फ्लाइवेटमा अलफाइट सिस्टम अर्गनाइजेसनका रोशन अछामीले स्ट्रोङगेस्ट अनिस मगर र ५५ केजी सुपर वेन्टवेटमा नेपाल मुवाँथाईका दिपेश गुरुङले टोटल फिजिकल फिट्नेसका सरोज तामाङलाई हराए ।

यस्तै एमेचर किड फाइटमा स्ट्रोङगेस्ट मुवाँथाईका रोहम नेपालले सोही क्लबका दृष्टान्त चालिसे र ६० केजी सुपर फेदरवेटमा एलाइट मुवाँथाईका विपिनजंग सुनारले व्यामशालाका तेन्जिङ जिन्पालाईहराउँदै विजेता बने ।   

प्रतियोगितामा नेपालका १९ क्लबका ३२ व्यावसायिक फाइटले सहभागिता जनाएको प्रतियोगिता संयोजक खगेन्द्र क्षेत्रीले जानकारी दिए ।

 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024