काठमाडौं । पुनम चन्दलाई एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करणका लागि पोखरा नन्जिाजले भित्र्याएको छ ।
उनलाई शुक्रबार भएको अक्सनबाट भित्र्याउन पोखराले अघिकतम मुल्य १ लाख ३२ हजार ५०० रुपैयाँ खर्चियो ।
पुनमलाई भित्र्याउन पोखरासहित ललितपुर क्किन्स र कर्णाली याश्विसले पनि चोसो देखाएका थिए । तर गोलप्रथा पोखराको पक्षमा गएको हो ।
पुनमले पहिलो संस्करण ललितपुर क्विन्सबाट खेलेकी थिइन् ।
यसैगरी संगम महतो पनि अधिकतम मुल्य १ लाख ३२ हजार ५०० रुपैयाँमा गोलप्रथामार्फत ललितपुर क्विन्स पुगेकी छन् ।
उनीमाथि मधेश युनाइटेडले पनि बोली लगाएको थियो ।
यस्तै साफिया पुनलाई अधिकतम मुल्य १ लाख ३२ हजार ५०० रुपैयाँमा कर्णाली याश्विसले अनुबन्ध गरेकाे छ।
उनलाई भित्र्याउन उनीमाथि मधेश युनाइटेडले पनि चासाे देखाएकाे थियो ।
यता कविता भट्ट भित्र्याउनका लागि काठमाडौं स्पाएकर्सले १ लाख ३० हजार रुपैयाँ खिर्चएको छ ।