चैत्र १२, २०८२ बिहीबार | ०१:०१:३१
माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा
शनिबारको दिन

हाइपर्फमेन्स सेन्टरको बहारमा नेपाली खेलकुद

काठमाडौं । अबको १३ महिनापछि जापानको नागोया सहरले एसियाली खेलकुदको कुम्भमेला एसियाडको २०औं संस्करण आयोजना गर्दै छ । नागोया एसियाड नेपालका लागि प्रतियोगितामा १८औं सहभागिता हुनेछ ।

एसियाडमा कमजोर इतिहासबीच यसपालि नेपालले नागोयामा कम्तीमा दुई स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्य बोकेको छ ।

सधैं सहभागितामा मात्र सीमित रहने गरेको नेपालको एसियाड इतिहास सुधार्न नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप)ले १७ महिनाअघि ‘मिसन २०२६’ को नाममा दीर्घकालीन प्रशिक्षण कार्यक्रम सुरु गरेको थियो ।

राखेपले प्रशिक्षणको अवधिमा खेलाडीको फिटनेस ट्रेनिङ, स्ट्रेन्थ पावर ट्रेनिङ, कन्डिसनिङ ट्रेनिङ स्वास्थ्य परीक्षण जस्ता कार्य सञ्चालन गर्ने योजना बनाएको थियो । तर, यसका लागि राखेपसँग पर्याप्त स्रोतसाधन थिएन ।

हाइपर्फमेन्स सेन्टरको जिमखाना, तस्विरः सरोज सापकोटा/खेलाडी । 

अन्तर्राष्ट्रिय स्तरको स्रोतसाधन नहुँदा विदेश गएर परीक्षण गर्नुपर्ने र अन्तर्राष्ट्रिय मञ्चमा गरिने प्रदर्शनमा सम्झौता गर्नुपर्ने जस्ता घटना नेपाली खेलकुदले भोग्दै आएको यथार्थ हो ।

राखेप सदस्यसचिव टंकलाल घिसिङकै भाषामा भन्दा, ‘पहिलो चरणमा राम्रो गर्ने खेलाडीको प्रदर्शन दोस्रो चरणमा ह्वात्तै घट्ने ।’

हाइपर्फमेन्स सेन्टरले नियमित रूपमा प्रशिक्षण गर्नका लागि सुविधासम्पन्न प्रशिक्षण स्थलको अभावलाई थोरै भए पनि पूर्ति गर्ने विश्वास गरिएको छ ।

अब भने खेलकुदका यी पुराना बहाना केही समयका लागि आउटडेटेड भएका छन् । राखेपले अबको केही दिनमै ‘हाइपर्फमेन्स सेन्टर’ र ‘स्पोर्ट्स साइन्स रिसर्च सेन्टर’ सञ्चालनमा ल्याउँदै छ । गत साता सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा राखेपका संरक्षकसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्मित सेन्टरको उद्घाटन गरे । यी सेन्टर सञ्चालनमा आउने भएपछि खेलाडी, खेलप्रेमी र सरोकारवालामा खुसीयाली छाएको छ ।

नेपाली खेलकुदकै एउटा ऐतिहासिक उपलब्धि मानिएको यस ‘हाइपर्फमेन्स सेन्टर’ र ‘स्पोर्ट्स साइन्स रिसर्च सेन्टर’ भनेको के हो त ? यसले ‘मिसन २०२६’ ले बुनेको सपना पूरा गर्न वास्तविकतामा के कस्तो फाइदा पुर्याउने छ ? समग्रमा यसले खेलाडीलाई कसरी लाभ मिल्नेछ ?

हाइपर्फमेन्स सेन्टरको उद्घाटन गरिदै, तस्विरः सरोज सापकोटा/खेलाडी । 

हाइपर्फमेन्स सेन्टरले नियमित रूपमा प्रशिक्षण गर्नका लागि सुविधासम्पन्न प्रशिक्षण स्थलको अभावलाई थोरै भए पनि पूर्ति गर्ने विश्वास गरिएको छ । जिम हलसहितको सुविधा रहेको यो सेन्टरले एकचोटिमा एक सय जनालाई थेग्न सक्छ ।

‘हाइपर्फमेन्स सेन्टर अन्तर्राष्ट्रिय स्तरअनुसार बनेको छ । हामीले विश्व स्तरीय इक्विपमेन्टसहरू जडान गरेका छौं । पहिले विदेशमा गएर प्रशिक्षण गर्नुपर्ने अवस्था थियो, अहिले हामी विदेशी खेलाडीलाई पनि प्रशिक्षण दिन सक्ने भएका छौं,’ सेन्टरका प्रमुख राजेन्द्र तुलाधर भन्छन्, ‘खेलाडीको फिटनेसका लागि कार्डियो इक्विपमेन्ट जडान गरिएको छ । पावर ट्रेनिङका लागि डम्बेल्सहरू छन् । स्ट्रेन्थ एन्ड कन्डिसनिङका लागि मेडिसिन बल, स्यान्ड बल र स्वीच बलको सुविधा छ भने मसल ट्रेनिङका लागि छुट्टै इक्विपमेन्ट छन् ।’

फिटनेसका मुख्य प्रशिक्षकसमेत रहेका तुलाधर र उनका सहायकले तत्कालका लागि सेन्टरमा प्रशिक्षण दिनेछन् । विस्तारै राखेप फिजियोथेरापिस्टसँगै बाहिरका जनशक्ति (एक्सपर्टिज) ल्याउने योजनामा छ ।

राखेपले साउन दोस्रो साता यी सेन्टर खेलाडीका लागि खुला गर्ने योजना बनाएको छ । राखेप अहिले सेन्टर केन्द्रित नियम कानुन बनाउँदै छ ।

जिम हलमा प्रशिक्षणपछि सावरको व्यवस्थासँगै बाथरुम, चेन्जिङ रुम, लकर रुम, दुईवटा कार्यालय कक्ष, सुविधासम्पन्न शौचालय, थेरापी रुम, स्टिम रुम, लेग एक्सटेन्सन, पावर स्टेन्डलगायत अन्य धेरै सुविधाहरू हुनेछन् ।

हाइपर्फमेन्स सेन्टर, तस्विरः सरोज सापकोटा/खेलाडी । 

तुलाधरका अनुसार सेन्टरमा जडान गरिएका इक्विपमेन्ट्सको आयु २० वर्षको हुनेछ । तत्कालका लागि यो सेन्टरमा मिसन २०२६ मा केन्द्रित खेलाडीले मात्र प्रशिक्षण गर्न पाउनेछन् । एसियाडपछि राखेपले साग खेलकुद, ओलम्पिकका लागि तयारी थाल्ने योजना बनाएको छ । सेन्टरमा उमेर समूह र सिनियर राष्ट्रिय टोलीका सबै खेलाडीले मौका पाउने बताइएको छ ।

‘स्पोर्ट्स साइन्स रिसर्च सेन्टर’ स्थापना गर्नुको प्रमुख उद्देश्य भनेको खेलाडीको समग्र पक्षको परीक्षण र अनुसन्धान गर्नु हो । यसले खेलाडीको प्रशिक्षणलाई थप प्रभावकारी बनाउने छ ।

यो सेन्टरमा टेस्टिङ डिभाइस, इलेक्ट्रोनिक ह्यान्ड ग्रिप स्ट्रेन्थ डाइनोमिटर, बायोमेकानिक्स सिस्टम, टाइमिङ गेट, साइकल इग्रोमिटर जस्ता इक्विपमेन्ट जडान गरिएको छ ।

यी इक्विपमेन्टहरूले खेलाडीका कमजोरी पत्ता लगाउन सहज बनाउने छ । जसले खेलाडीको प्रदर्शनमा वृद्धि ल्याउने छ ।

‘हामीसँग पहिले खेलाडीको स्तरमापन गर्ने यन्त्र थिएन । अहिले केही कुराको सुरुआत भएको छ,’ राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्ट भन्छन्, ‘अब हामीले खेलाडी कुन पक्षमा कमजोर छन्, शरीरको कुन भागलाई बलियो बनाउने, कस्तो खालको परिस्थितिमा कुन किसिमको प्रशिक्षण गराउने जस्ता कुराको उत्तर मेसिनबाट पाउन सक्छौं ।’

नेपालले तेक्वान्दो, बक्सिङ, कराते, कबड्डी र प्याराग्लाइडिङबाहेक अरू खेलमा पदक जित्न सकेको छैन । 

एसियाड आउन एक वर्ष बाँकी रहेको अवस्थामा अब राष्ट्रिय टिम तयारको ‘रोडम्याप’ के हुनेछ ?

हाइपर्फमेन्स सेन्टरमा राखेप सदस्यसचिव टंकलाल घिसिङ, तस्विरः सरोज सापकोटा/खेलाडी । 

विष्ट सुनाउँछन्, ‘हामीसँग अब १३ महिनाको समय छ । यसलाई राम्ररी सदुपयोग गर्नेछौं । अबको केही दिनमै हामी उचित योजना बनाउँछौं ।’

राखेपले साउन दोस्रो साता यी सेन्टर खेलाडीका लागि खुला गर्ने योजना बनाएको छ । राखेप अहिले सेन्टर केन्द्रित नियम कानुन बनाउँदै छ ।

जब जब नेपाली खेलाडी अन्तर्राष्ट्रिय मञ्चमा उभिन्छन्, तब तब त्यहाँ जहिल्यै ‘पर्फमेन्स ग्याप’ देखिने गर्छ । एसियाडमा नेपालले अहिलेसम्म कुल २६ पदक जितेको छ, जसमा तीन रजत समावेश छ । स्वर्णकोे खाता भने नेपालले अहिलेसम्म खोल्न सकेको छैन । बैंकक १९९८ (१३औं) संस्करणमा नेपालका लागि तेक्वान्दोकी सविता राजभण्डारीले पहिलो रजत पदक दिलाएकी थिइन् । अर्को रजत नेपालले २०१८ मा इन्डोनेसियाको जकार्ता–पालेम्बाङमा भएको एसियाडमा प्याराग्लाइडिङबाट जितेको थियो । १९औं एसियाडमा करातेकी एरिका गुरुङले ऐतिहासिक रजत पदक जितेकी थिइन् ।

नेपालले तेक्वान्दो, बक्सिङ, कराते, कबड्डी र प्याराग्लाइडिङबाहेक अरू खेलमा पदक जित्न सकेको छैन । तेक्वान्दोले सर्वाधिक १५ पदक जितेको छ । त्यसपछि बक्सिङले ६, करातेले तीन तथा कबड्डी र प्याराग्लाइडिङले समान एक पदक जितेको इतिहास छ ।

हाइपर्फमेन्स सेन्टर उद्घाटन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओली (बीच), तस्विरः सरोज सापकोटा खेलाडी । 

विष्ट नेपालले अन्तर्राष्ट्रिय मञ्चमा यसरी पदक जित्न नसक्नुको मुख्य कारण कमजोर तयारीलाई मान्छन् । उनका अनुसार नेपाली खेलाडी तयारीमै हारिरहेका छन् । तर, अब भने नेपाली खेलकुदले इतिहास फेर्ने पालो आएको उनको बुझाइ छ ।

‘हामीले राष्ट्रिय गानमा झण्डा फहराउन पाएका छैनौं । देशका लागि पदक जित्ने हो भने तयारीमा पनि हामी जित्नुपर्छ । अनि मात्र अन्तर्राष्ट्रिय मञ्चमा हामी जित्न सक्छौं,’ विष्टको प्रतिक्रिया छ, ‘नेपाली खेलाडी तयारीमै हारिरहेका हुन्छन् । अब भने यस्तो हुने छैन । हामीले ७५ वर्षमा एउटा पनि स्वर्ण पदक जित्न सकेका छैनौं । यसपालि त्यो इतिहास फेर्न चाहन्छौं । देशको झण्डा फहराउन चाहन्छौं ।’