चैत्र २, २०८२ सोमबार | ०७:५६:१५
मिलान पराजित बार्सिलोनाका सानदार जित, बनायो ४ अंकको अग्रता युनाइटेडको जित, लिभरपुल रोकियो फ्रेन्ड्ससँग चर्च ब्वाइज स्तब्ध, शीर्ष स्थानमा उक्लिने अवसर गुमायो पाकिस्तानका पुर्व कप्तान सरफराजद्वारा सन्यास घोषणा नुवाकोटको पहिलो जित, त्रिविको लगातार पाचौं हार राप्तीले महिला लिग खेल्न नपाउने, एन्फा भन्छः बहुमतको आधारमा निर्णय गरेका हौं एन्फालाई राखेपको प्रश्नः राष्ट्रिय लिगमा विदेशी खेलाडी कुन हैसियतमा खेलिरहेका छन् ? फिफा र एएफसी अध्यक्षलाई थापाको पत्र चित्लाङले एपिएफलाई रोक्यो मिलान पराजित बार्सिलोनाका सानदार जित, बनायो ४ अंकको अग्रता युनाइटेडको जित, लिभरपुल रोकियो फ्रेन्ड्ससँग चर्च ब्वाइज स्तब्ध, शीर्ष स्थानमा उक्लिने अवसर गुमायो पाकिस्तानका पुर्व कप्तान सरफराजद्वारा सन्यास घोषणा नुवाकोटको पहिलो जित, त्रिविको लगातार पाचौं हार राप्तीले महिला लिग खेल्न नपाउने, एन्फा भन्छः बहुमतको आधारमा निर्णय गरेका हौं एन्फालाई राखेपको प्रश्नः राष्ट्रिय लिगमा विदेशी खेलाडी कुन हैसियतमा खेलिरहेका छन् ? फिफा र एएफसी अध्यक्षलाई थापाको पत्र चित्लाङले एपिएफलाई रोक्यो

महिला भलिबलमा खुम्चिँदै एपिएफको दायरा

काठमाडौं । सशस्त्र प्रहरी बलको एपिएफ क्लबको एक समय महिला भलिबलमा निकै दबदबा थियो । घरेलु प्रतियोगितामा एकछत्र राज गरेको एपिएफका खेलाडीको राष्ट्रिय टोलीमा पनि बाहुल्य हुन्थ्यो ।

दुई वर्षअघि बंगलादेशमा भएको एसियन सेन्ट्रल जोन महिला च्याम्पियनसिप खेलेको टोलीमा एपिएफका चार खेलाडी– सरस्वती चौधरी, रेश्मा भण्डारी, निरुता थगुन्ना र उषा विष्ट थिए ।

त्यो टोलीमा आर्मीका तीन खेलाडी सुनिता खड्का, सफिया पुन र जानकी भण्डारीले स्थान बनाउँदा पुलिसबाट पुनम चन्द र कमला पुन तथा न्यु डायमण्डबाट प्रतिभा माली र सलिना श्रेष्ठ थिए । घरेलु प्रतियोगितामा गण्डकीको प्रतिनिधित्व गर्दै आएकी अरुणा शाही कप्तान थिइन् ।

लगत्तै नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) को टोलीमा एपिएफबाट अर्की एक खेलाडी पनि थपिइन । सेन्ट्रल जोनको टोलीमा एपिएफबाट पाँचौं खेलाडीका रुपमा हिरा केसी थपिएकी थिइन । साग खेल्दा नेपाली टोलीमा पुलिसबाट पनि उषा भण्डारीले स्थान बनाइन ।

पुलिसबाट तीन खेलाडीको उपस्थिती भए पनि एपिएफबाट राष्ट्रिय टोलीमा सबभन्दा धेरै पाँच खेलाडी थिए । राष्ट्रिय टिममा एउटा टोलीको दबदबा प्रमाणित गर्न योभन्दा थप तथ्यांक के चाहियो र !

एपिएफले राष्ट्रिय टोलीमा सबभन्दा धेरै खेलाडी, घरेलु भलिबलका सबैजसो उपाधिमा कब्जामात्र गर्ने गरेको थिएन । घरेलु प्रतियोगिताका अधिकांस प्रतियोगितामा व्यक्तिगत उत्कृष्ट पुरस्कारको भागिदार पनि प्रायजसो एपिएफकै खेलाडी बन्ने गर्थे ।

तर अचेल यो सब इतिहास भइसकेको छ । घरेलु भलिबलमा एपिएफको प्रभाव खस्कँदो क्रममा छ । र, त्यसको प्रत्यक्ष प्रभाव राष्ट्रिय टोलीमा एपिएफका खेलाडीको सीमित उपस्थितिले पनि दर्शाउँछ । अहिले नेपाल बंगलादशेको ढाकामा जारी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपको फाइनलमा पुगिसेकको छ । तर, नेपाललाई फाइनल पुर्याउने टोलीमा एपिएफबाट सरस्वती चौधरी मात्रै छिन् ।

एकातिर एपिएफको प्रभुत्व घट्दै जाँदा अन्य दुई विभागीय टोली आर्मी र नेपाल पुलिस क्लबका चार÷चार खेलाडी राष्ट्रिय टोलीमा छन् । आर्मीबाट सुनिता, कृपा, सफिया र शान्ती तथा पुलिसबाट मनिसा चौधरी, लक्ष्मी चन्द, कामना विष्ट र उषा भण्डारी छन् । यस्तै न्यु डाइमन्डबाट प्रतिभा, सलिना र कप्तान अरुणा छन् ।

ढल्कँदो उमेरका कारण राष्ट्रिय टोलीमा आफ्ना कम खेलाडीमात्र परेको एपिएफका प्रशिक्षक महेश चौधरीको तर्क छ ।

‘हाम्रा खेलाडीको औसत उमेर २६ देखि ३० वर्ष छ । राष्ट्रिय टोलीमा सबै युवा खेलाडीलाई मौका दिइएको छ । हामीसँग २५ वर्षभन्दा मूनीका दुईजना खेलाडी कविता भट्ट र निरुता थगुन्ना मात्र छन्,’ उनले भने, ‘खेल र अनुभवको हिसाबले राखेको भए अझै पनि पर्थे । तर, उमेरको हिसाबले राखेको होला, त्यसैले मौका थिएन ।’

टोलीमा यसपटक तीन नयाँ खेलाडीले मौका पाएका छन् । राष्ट्रिय जर्सीको लायक बन्ने नयाँ खेलाडीमा आर्मीकी शान्ती थारु, पुलिसकी कामना र लक्ष्मीलाई स्थान दिइएको छ । र, उनीहरूले राष्ट्रिय टोलीबाट डेब्यू पनि गरिसकेका छन् ।

अन्तर्राष्ट्रिय अनुभव कम भए पनि शान्ती र कामना घरेलु प्रतियोगितामा चर्चा बटुलिरहेका खेलाडी हुन् ।

भलिबलमा तीन वर्ष मात्रै बिताएकी लक्ष्मी पनि राष्ट्रिय टोलीमा नयाँ नाम हो । उच्च कद (५.८ इन्च) भएर पनि प्रभावशाली प्रदर्शनकै कारण लक्ष्मी सानै उमेरदेखि पुलिसमा आबद्ध छिन् । गाउँघरको प्रतियोगिता बाहेक राष्ट्रिय प्रतियोगिताको अनुभव कम भएकी लक्ष्मीलाई टोलीमा स्थान दिइएकोमा प्रशिक्षक चौधरीलाई अनौठो लागेको छ ।

उनी भन्छन्– ‘लक्ष्मी चन्दको न खेल राम्रो छ, न अनुभव नै । कुन हिसाबले राखेको थाहा छैन । सायद उमेरले राखेको होला । शान्ती, कामनालाई टोलीमा स्थान दिइएको छ, उनीहरूको खेल राम्रो छ र युवा पनि छन्, त्यसमा हामीलाई केही गुनासो छैन ।’

घरेलु लिगमा सर्वाधिक उपाधि जित्ने टोली बनेको एपिएफको प्रदर्शन क्रमशः खस्किँदै गएको छ । जसका कारण क्लबले युवा खेलाडीको खोजी गरिरहेको चौधरी बताउँछन् ।

अहिले एपिएफ पुस अन्तिममा पोखरामा हुने टाइगर कपको लागि तयारीमा जुटेको छ । जसका लागि भरतपुरबाट खेल्ने ओपन स्पाइकर आरती सुबेदी र सेटर जस्ना महतोलाई क्लबले अनुबन्ध गरेको छ ।

आरती यसअघि बंगलादेशमा जारी एभिसी सेन्ट्रल जोनका लागि बन्द प्रशिक्षणमासमेत परेकी थिइन् । तर, उनी अन्तिम छनोटमा भने पर्न सकिनन् ।

यस्तै, जावलाखेल प्रशिक्षण केन्द्रका प्रशिक्षक कपिलकिशोर श्रेष्ठले प्रशिक्षणको कमीले नै राष्ट्रिय टोलीमा एपिएफका खेलाडीको बाहुल्य कम भएको हुनसक्ने प्रतिक्रिया दिएका छन् ।

‘भित्री कुरा के हो मलाई थाहा छैन । मेरो विचारमा ‘प्रपर’ टे«निङ नभएर होला । सबैकुरा प्रशिक्षण नै हो । राष्ट्रिय टोलीमा छनोट हुन च्याम्पियनसँग सरोकार हुँदैन त्यहाँ खेलाडी राम्रो हुनुपर्छ,’ एपिएफका पूर्वप्रशिक्षक श्रेष्ठले भने, ‘घरेलु प्रतियोगितामा तेस्रो, चौथो हुने टोली आर्मीबाट चार जना (कृपा अधिकारी, शान्ती थारु, सफिया पुन र सुनिता खड्का) परेका छन् । उनीहरूले साबित गरेका छन्, कि च्याम्पियन भएर राष्ट्रिय टोलीमा परिँदैन त्यसका लागि प्रशिक्षण चाहिन्छ, खेलाडीको व्यक्तिगत प्रदर्शन राम्रो हुनुपर्छ ।’

सन् २०१५ मा पहिलोपटक एपिएफबाट महिला खेलाडीले राष्ट्रिय टोलीमा स्थान बनाएका थिए ।


भिडियो
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||