पोखरा । टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला/ पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फकाे त्रिभुवन आर्मी क्लब र भारतको सुनिल कुमार भलिबल क्लबबिचको खेल स्थगित भएको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी खेल खराब प्रकाशका कारण खेल स्थगित गरिएको हो । खेल चौथो सेटमा चलिरहेको थियो ।
सुरुआती दुई सेट २५-२३, २५-२१ ले आफ्नो पक्षमा पारेको सुनिलले १८-२५ ले गुमाएको थियो । त्यसपछि खेलाउन सम्भवन नभएपछि खेल स्थगित गरियो ।
अब यो खेल बिहीबार हुनेछ । यसैगरी यसअघि स्थगित भएको टिपटप हेल्प नेपाल स्पोर्टस क्लब र गण्डकी प्रदेशबीचको खेल पनि विहिबारै खेलाइने छ ।
यसअघि भएको खेलमा पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टस क्लबसँग ३-२ सेटले पराजित हुँदै एपिएफ प्रतियोगिताबाट बाहिरिएको थियो ।
यसैगरी महिलतर्फको खेलमा युनाइटेड प्यासनल भलिबल क्लब थाइल्यान्डले आर्मीलाई ३-१ तथा एपिएफले आयोजक टाइगर ग्रुपलाई ३-० को सेटमा हराएका थिए ।