काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला/पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ गण्डकी प्रदेश भलिबलसँग विरुद्ध ३-२ सेटको रोमाञ्चक जित दर्ता गरेको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइतबार सुरुआती दुई सेट २५-२२ २५-२१ ले आफ्नो पक्षमा पारेको पुलिसले त्यसपछिका दुई सेट १९-२५, १४-२५ ले गुमायाे।
पाँचौं तथा निर्णायक सेटमा १५-१० को जित निकाल्दै पुलिसले सुखद सुरुआत गर्यो ।
आइतबारै सम्पन्न पुरुषतर्फको पहिलो खेलमा भारतको सुनिल कुमार भलिबल क्लबले साबिक विजेता हेल्प नेपाल स्पोर्टस क्लबलाई २२-५२, २५-२३, २७-२५, २५-१६ ले पराजित गरेको थियो ।
यस्तै महिलातर्फ आयोजक टाइगर ग्रुपले विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध २५-१४, २५-११, २५-२१ को जित निकालेको थियो।
भिडियो
मेचीनगर गोल्डकपले हामी सबैलाई गौरवान्वित बनाएको छ ।I ASHOK KUMAR RAI II 1ST VP II MECHINAGAR GOLDCUP
HIGHLIGHTS II CHURCH BOYS UNITED 4-3 MACHHINDRA FC II MECHINAGAR GOLDCUP II SEMI FINAL
MACHHINDRA FC VS CHURCH BOYS UNITED FC II MECHINAGAR GOLDCUP SEMI FINAL
HIGHLIGHTS-KAKARVITTA FTC VS DHARAN FC I MECHINAGAR GOLDCUP SEMI FINAL I KAKARVITTA WON IN PENALTIES
PENALTY SHOOT OUT II KAKARVITTA FTC VS DHARAN FC II MECHINAGAR GOLDCUP II SEMIFINAL
मछिन्द्र र चर्च ब्वाइज दुवै बलिया छन्, फाइनलमा जो आए पनि जित्न खेल्छौँ, Munna Subba Coach Kakarvitta
KAKARVITTA FOOTBALL TRAINING CENTRE VS DHARAN FC II MECHINAGAR GOLDCUP II FIRST SEMI FINAL