महिला भलिबलमा राष्ट्रिय टोलीको प्रारम्भिक टोली छनोट, आर्मीका सबभन्दा धेरै आठ खेलाडी

काठमाडौं, जेठ १८ (खेलाडी)– अगस्टमा फिलिपिन्समा हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप र सेन्ट्रल जोन महिला भलिबलका लागि नेपाल भलिबल संघ (एनभीए) ले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

उपाध्यक्ष निरोज मास्के, प्रशिक्षक जगदिश भट्ट र प्रज्वलबहादुर सिंह सम्मिलित ३ सदस्यीय छनोट समितीले चैतमा सम्पन्न पाँचौं संस्करणको आरबिबि एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको प्रदर्शनका आधारमा राष्ट्रिय टोलीको प्रारम्भिक छनोट गरेको हो । प्रतियोगिता अगस्ट २९ देखी सेम्टेम्बर ५ सम्म हुनेछ । संघले राष्ट्रिय खेलकुद परिषद्(राखेप)को अनुमतीमा शनिबारबाट प्रशिक्षण सुरु गर्ने जनाएको छ ।

बन्द प्रशिक्षणका लागि घोषित ३० सदस्यीय प्रारम्भिक टोलीमा त्रिभुवन आर्मी क्लबका सबभन्दा धेरै आठ जना खेलाडी परेका छन् । यसैगरी न्यु डायमन्ड, नेपाल पुलिस र एपिएफका समान ७ खेलाडीले स्थान बनाउदा भरतपुरकी १ खेलाडी पनि छानिएकी छन् ।

प्रारम्भिक छनोटमा परेका ३० खेलाडी ः

सोफिया पुन, सुनिता खड्का, जानकी भण्डारी, शान्ति थारु, सरस्वती जैसी, कृपा अधिकारी, सृष्टी खड्का, संगम महतो, उषा भण्डारी, कमला पुन, पुनम चन्द, कामना विष्ट, मनिषा चौधरी, शान्तिकला तामाङ, लक्ष्मी चन्द, सरस्वती चौधरी, निरुता ठगुन्ना, उषाकुमारी विष्ट, हिरा केसी, रेश्मा भण्डारी, कविता भट्ट, पुजा चौधरी,  प्रतिभा माली, अरुणा शाही, सलिन श्रेष्ठ, रिया कुवँर, रिमा कुँवर, झरना श्रेष्ठ, बाल्मिका आचार्य, सरस्वती कट्टेल ।