हेल्प नेपाल सेमिफाइनलमा 

काठमाडौं, (खेलाडी)-  नयाँ बजारलाई  पराजित गर्दै हेल्प नेपाल राष्ट्रिय एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपकाे सेमिफाइनलमा प्रवेश गरेको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिष्द (राखेप) को कभर्डहलमा भएको पहिलो क्वार्टरफाइनलमा  हेल्प नेपालले नयाँ बजारलाई  २५-२०, २५-१०, २५-१७ ले हरायो ।

दोस्रो क्वार्टरफाइनलमा नेपाल पुलिस क्लब र ढोरपाटन स्पोर्टस् क्लब भिड्दैछन् ।