जेष्ठ २१, २०८२ मंगलबार | १५:०९:१५
कर्मचारी खेलकुद प्रतियोगिता बुधबारबाट हुने कर्णालीको सहज जित नेपाल आइपुगिन् एरिका गुरुङ सिनर क्वार्टरफाइनलमा जोकोभिचकाे सानदार जित महिला एकदिवसीय विश्वकप भारत र श्रीलंकाले आयोजना गर्ने पहिलो उपाधिको लक्ष्यमा बेङ्लुरु र पञ्जाव करण चम्किँदा नेपालको रोमाञ्चक जित ग्रिजम्यान सन् २०२७ सम्म एटलेटिको मड्रिडमै रहने वडा अध्यक्ष कपः एनआइसी एकेडेमी सेमिफाइनलमा कर्मचारी खेलकुद प्रतियोगिता बुधबारबाट हुने कर्णालीको सहज जित नेपाल आइपुगिन् एरिका गुरुङ सिनर क्वार्टरफाइनलमा जोकोभिचकाे सानदार जित महिला एकदिवसीय विश्वकप भारत र श्रीलंकाले आयोजना गर्ने पहिलो उपाधिको लक्ष्यमा बेङ्लुरु र पञ्जाव करण चम्किँदा नेपालको रोमाञ्चक जित ग्रिजम्यान सन् २०२७ सम्म एटलेटिको मड्रिडमै रहने वडा अध्यक्ष कपः एनआइसी एकेडेमी सेमिफाइनलमा

पलेशालाई नेपाली कांग्रेसको सम्मान

पलेशालाई चेक हस्तान्तरण गर्दै नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा ।

काठमाडौं । पेरिस पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नेपाली कांग्रेसले आइतबार सम्मान गरेको छ ।

पलेशालाई ५ लाख रुपैयाँसहित प्रशंसा पत्र प्रदान गरियो । यसैगरी प्रशिक्षक कविराज नेगी लामा १ लाख ५० हजार तथा पेरिस ओलम्पिकमै सहभागी अर्का तेक्वान्दो खेलाडी भरतसिंह महता ५० हजार रुपैयाँ सहित प्रशंसा पत्रबाट सम्मानित भए ।

व्यवस्थापक रामचन्द्र श्रेष्ठ र नेपाल तेक्वान्दो संघलाई पनि प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।

टोलीलाई सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा भएको कार्यक्रममा सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुलाई सम्मान गरेका थिए ।

सभापति देउवाले  पारा ओलम्पिकमा पहिलो पदक जितेर पलेशाले नेपालको इज्जत र प्रतिष्ठा बढाएको भन्दै यो सफलताले अन्य खेलाडीलाई पनि उत्साहित गर्ने विश्वास व्यक्त गरे ।

खेलकुद मन्त्री तेजुलाल चौधरीले पलेशाले ऐतिहासिक पदक जित्दै देशको गौरव बढाएको बताउदै शिक्षा, रोजगारी र स्वास्थ्यमा ध्यान दिन सके खेलाडी विदेश पलायन हुने अवस्थालाई रोक्न सकिने धारणा व्यक्त गरे ।

सम्मान कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं खेलकुद विभाग प्रमुख उमेशजंग रायमाझी, क्रेन्द्रिय सदस्य एवं प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत लगायतको उपस्थिती थियो । 

पेरिस पारा ओलम्पिकमा पलेशाले के-४४ विधाअन्तर्गत महिला ५७ केजीमुनि तौल समूहमा कांस्य पदक जितेकी थिइन् ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II HIMESH RATNA BAJRACHARYA II AUTHOR, SWARNAKATHA NEPALI FOOTBALLKO
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY