जेष्ठ २१, २०८२ मंगलबार | १५:०८:१२
कर्मचारी खेलकुद प्रतियोगिता बुधबारबाट हुने कर्णालीको सहज जित नेपाल आइपुगिन् एरिका गुरुङ सिनर क्वार्टरफाइनलमा जोकोभिचकाे सानदार जित महिला एकदिवसीय विश्वकप भारत र श्रीलंकाले आयोजना गर्ने पहिलो उपाधिको लक्ष्यमा बेङ्लुरु र पञ्जाव करण चम्किँदा नेपालको रोमाञ्चक जित ग्रिजम्यान सन् २०२७ सम्म एटलेटिको मड्रिडमै रहने वडा अध्यक्ष कपः एनआइसी एकेडेमी सेमिफाइनलमा कर्मचारी खेलकुद प्रतियोगिता बुधबारबाट हुने कर्णालीको सहज जित नेपाल आइपुगिन् एरिका गुरुङ सिनर क्वार्टरफाइनलमा जोकोभिचकाे सानदार जित महिला एकदिवसीय विश्वकप भारत र श्रीलंकाले आयोजना गर्ने पहिलो उपाधिको लक्ष्यमा बेङ्लुरु र पञ्जाव करण चम्किँदा नेपालको रोमाञ्चक जित ग्रिजम्यान सन् २०२७ सम्म एटलेटिको मड्रिडमै रहने वडा अध्यक्ष कपः एनआइसी एकेडेमी सेमिफाइनलमा

खेलकुद परिषदमा राजनीतिः मन्त्रीले वरियता मिचेपछि संगीना बैद्यले दिइन् राजीनामा

ओलम्पिकमा छनोट हुने पहिलो खेलाडीको कीर्तिमान बनाएपछि टोयोटा यारिस कारबाट सम्मानित हुँदाकी संगीना बैद्य । फाइल तस्बिरः विकास कार्की

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको ठाडो निर्देशनमा वरियता मिचेर तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्ती गरेपछि विरोधस्वरुप नेपाली खेलकुदकी शीर्ष महिला संगीना बैद्यले उपनिर्देशक पदबाट राजीनामा दिएकी छिन् ।

आठौं तथा नवौं साफका साथै एसियन च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी नेपाली तेक्वान्दोकी शीखर महिला बैद्य छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाउने पहिलो नेपाली खेलाडी हुन् ।

संगीनाले २००४ को ग्रिस ओलम्पिकमा छनोट चरण पार गर्दै सहभागिता जनाएर सधै वाइल्डकार्डको भरमा ओलम्पिक खेल्दै आएको नेपाली खेलकुदलाई नयाँ युगमा प्रवेश गराएकी थिइन् ।

लामो समयदेखि उनी तालिम तथा प्रशिक्षण विभागमा उपनिर्देशकको भूमिकामा कार्यरत थिइन । विभागका निर्देशक बक्सिङका वरिष्ठ प्रशिक्षक प्रचण्ड शर्मा सेवा निवृत्त भएपछि उनको ठाउँमा वरिष्ठताको आधारमा बैद्यले विभागको नेतृत्व गर्न पाउने अपेक्षा थियो ।

खेलकुद परिषदको तालिम तथा प्रशिक्षण विभागमा पहिलो महिला नेतृत्व आउने सबै तारतम्य मिलिसकेको बेला मन्त्री चौधरीको ठाडो निर्देशनमा गतसाता पूर्वाञ्चलमा कार्यरत वरिष्ठ कराते प्रशिक्षक सोवित प्रसाईंलाई निर्देशक बनाइएको थियो । प्रसाईं आगामी बैशाख ६ गते अवकास लिने तयारीमा छन् ।

राष्ट्रपतीबाट विभुषित भएपछि राष्ट्रपती भवनमा संगीना बैद्य । फाइल तस्बिर

वरिष्ठताको वरियता मिचेर निर्णय गरिएपछि बैद्यले आइतबार उप निर्देशक पदबाट राजीनामा दिएको बताएकी छन् । बैद्यले परिषदका सदस्यसचिव टंकलाल घिसिङलाई राजीनामा पत्र बुझाएको बताइएको छ ।

१९९९ मा काठमाडौंमा सम्पन्न आठौं दक्षिण एसियाली महासंघीय खेलकुद (साफ हालको साग)मा स्वर्ण पदक जितेपछि सम्मानस्वरुप तत्कालिन सरकारले परिषदमा प्रशिक्षकको जागिरमा नियुक्त गरेको बैद्यको कार्यकाल अझै आठ वर्ष बाँकी छ ।

नेपाली खेलकुदमा महिलाको उपस्थितीलाई मैदानभित्रबाटै खेलाडी र प्रशिक्षकको भूमिकामा उच्च प्रदर्शन गरेर प्रेरणादायी भूमिका निर्वाह गरेकी बैद्यमाथि भएको भेदभावपूर्ण व्यवहारले नेपाली खेलकुदको संस्थापन नै महिलाप्रति सकारात्मक नरहेको सन्देश गएको परिषदकी एक कर्मचारीले बताइन् ।

‘संगीना गुरुजस्तो मान्छेलाई नेपाली खेलकुदले पुजा गरेर राख्नुपर्ने थियो । उहाँ भनेको समग्र नेपाली महिलाहरुका लागि रोल मोडल हो । खेलकुदमा लाग्न खोज्ने तमाम बालिका र किशोरीहरुका लागि उहाँ प्रेरणाको स्रोत हो,’ परिषदको प्रशासन विभागमा कार्यरत ती कर्मचारीले भनिन्, ‘पुरुषको प्रधानता रहेको खेलकुदमा पहिलो पटक ओलम्पिकलाई छनोट हुने, एसियन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जित्ने जस्ता बहादुरीपूर्ण काम उहाँले गर्नुभएको थियो । त्यसको फल राजनीति गरेर नेतृत्वमा आएकाहरुले यसरी दिएका छन् । खेलकुदमा महिलाको उपस्थितीलाई सरकारबाटै गरिने यस्ता विभेदले कुनै पनि हालतमा प्रोत्साहित गर्दैन । सबै कुरामा सक्षम भए पनि उहाँले महिला भएकै कारण राजनीतिक निर्णयको सिकार हुनुपरेको छ ।’


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II HIMESH RATNA BAJRACHARYA II AUTHOR, SWARNAKATHA NEPALI FOOTBALLKO
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY