जेष्ठ २०, २०८२ सोमबार | १७:३१:२५
एसिसी महिला इमर्जिङ टिम्स एसिया कप स्थगित नेपाल र थाइल्यान्डबीचकाे मैत्रीपूर्ण खेल ३० मिनेट पछि सर्यो अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने हेनरिक क्लासेनकाे घोषणा थाइल्यान्डविरुद्ध नेपालको पहिलो रोजाइ सर्वाजनिक नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा एसिसी महिला इमर्जिङ टिम्स एसिया कप स्थगित नेपाल र थाइल्यान्डबीचकाे मैत्रीपूर्ण खेल ३० मिनेट पछि सर्यो अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने हेनरिक क्लासेनकाे घोषणा थाइल्यान्डविरुद्ध नेपालको पहिलो रोजाइ सर्वाजनिक नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा

इस्टपोल च्याम्पियन

काठमाडौं । इस्टपोल १३औं लोयल्टी कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

एकताबस्तीस्थित आयोजक लोयल्टी एकेडेमीको मैदानमा सोमबार भएको फाइनलमा इस्टपोलले लिटिल एन्जल्सलाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्यो ।

पेनाल्टी सुटआउटमा इस्टपोलका छेवाङ लामा, सुमित कार्की र रुजन तामाङले गोल गरे । लिटिल एन्जल्सका विज्ञानराज भण्डारी मात्र गोल गर्न सफल भए ।

निर्धारित समयमा दुवै टोलीकाट ११ गोल भएपछि खेलको निर्णय सीधै पेनाल्टी सुटआउटबाट गरिएको थियो । लिटिल एन्जल्स २०७४, २०७५ र २०७६ सालको विजेता हो ।

प्रतियोगितामा लिटिल एन्जल्सका विज्ञानराज भण्डारी उत्कृष्ट फरवार्ड, चेल्सी वर्ल्ड स्कुलका सुवास तामाङ उत्कृष्ट रक्षक, लोयल्टीका उसुम थापा उत्कृष्ट मिडफिल्डर, इस्टपोलका विवस थिङ उत्कृष्ट गोलकिपर र सुदर्शन घिमिरे उत्कृष्ट प्रशिक्षक घोषित भए ।

प्रतियोगिताभर १४ गोल गरेका लिटिल एन्जल्सका आयुश थापा सर्वाधिक गोलकर्ताको सूचीमा शीर्षस्थानमा रहे । गेटवे एकेडेमीले अनुशासित टिमको ट्रफी हात पार्यो ।

विजेतालाई काठमाडौं प्याब्सनका अध्यक्ष नवराज भट्ट, लोयल्टी विद्यालय व्यवस्थापन समितिका सदस्य श्रीराम क्षेत्री, लोयल्टीका प्रिन्सिपल विरेन्द्र कुरुम्वाङ, लोयल्टी भाइस प्रिन्सिपल हरि दाहाललगायतले पुरस्कृत गरे ।

 चारदिने प्रतियोगितामा १४ टिमले प्रतिस्पर्धा गरेको लोयल्टीका इसिए इन्चार्ज ग्याल्जेन शेर्पाले जानकारी दिए ।
 


भिडियो
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC