जेष्ठ २०, २०८२ सोमबार | १७:२६:१५
एसिसी महिला इमर्जिङ टिम्स एसिया कप स्थगित नेपाल र थाइल्यान्डबीचकाे मैत्रीपूर्ण खेल ३० मिनेट पछि सर्यो अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने हेनरिक क्लासेनकाे घोषणा थाइल्यान्डविरुद्ध नेपालको पहिलो रोजाइ सर्वाजनिक नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा एसिसी महिला इमर्जिङ टिम्स एसिया कप स्थगित नेपाल र थाइल्यान्डबीचकाे मैत्रीपूर्ण खेल ३० मिनेट पछि सर्यो अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने हेनरिक क्लासेनकाे घोषणा थाइल्यान्डविरुद्ध नेपालको पहिलो रोजाइ सर्वाजनिक नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा

मेयर कप फुटबलको तयारी पूरा

सांकेतिक तस्विर ।

नेपालगन्ज । मेयर कप अन्तर विद्यालय छात्र/छात्रा फुटबल प्रतियोगिता-२०८१ शनिबार देखी नेपालगन्जमा सुरु हुँदैछ । बाँके जिल्ला फुटबल संघको आयोजनामा हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता नेपालगन्ज सेन्ट जेभिर्यस स्कुल र होप इन्टरनेसनल स्कुलले प्रतिस्पर्धा गर्दैछन् ।

नेपालगन्ज रंगशालामा हुने प्रतियोगिताको छात्र तर्फ २१ विद्यालयको सहभागिता छ ।

समुह ‘ए’ मा नेपालगन्ज सेन्ट जेभियर्स स्कुल, होप इन्टरनेशनल, पशुपति मावि, ब्राइटल्यान्ड मावि, ड्रिमल्यान्ड, मनकामना, सगरमाथा, राम मावि, मोर्डन पब्लिक र जीवनज्योती स्कुल छन् ।

यसैगरी समुह ‘बी’ मा आदर्श मावि, जय बागेश्वरी स्कुल, मुनतारा, ग्रिनपीस, आर्दश मावि नेपालगन्ज, सेन्टथोमस, सिद्धार्थ विद्या सदन, धम्बोझी मावि, मंगल प्रसाद मावि, युनाइटेड र नेपालगन्ज मोडेल एकेडेमी  छन् । प्रतियोगिताको फाइनल  फागुन ३ गते हुनेछ ।

आयोजक संघका अध्यक्ष भोजराज शाहीले प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिए । उनका अनुसार प्रतियोगिताले विद्यालयस्तरबाट नयाँ खेलाडी उत्पादनमा सहयोग गर्नेछ ।

मेयर कप फुटबल प्रतियोगिताले बाँकेमा हरेक वर्ष प्रतिभावान खेलाडी उत्पादन गरिरहेको संघका अध्यक्ष  शाहीले बताए । ‘मेयर कप भनेको विद्यालयस्तरबाट खेलाडी उत्पादन गर्ने प्रतियोगिता हो । यस प्रतियोगितामा राम्रो खेल्ने खेलाडीले भविष्यमा व्यवसायिक फुटबलरको रूपमा आफुलाई अगाडी बढाउन सक्छन्,’ शाहीले भने ।

 


भिडियो
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC