जेष्ठ २०, २०८२ सोमबार | १७:२८:०६
एसिसी महिला इमर्जिङ टिम्स एसिया कप स्थगित नेपाल र थाइल्यान्डबीचकाे मैत्रीपूर्ण खेल ३० मिनेट पछि सर्यो अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने हेनरिक क्लासेनकाे घोषणा थाइल्यान्डविरुद्ध नेपालको पहिलो रोजाइ सर्वाजनिक नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा एसिसी महिला इमर्जिङ टिम्स एसिया कप स्थगित नेपाल र थाइल्यान्डबीचकाे मैत्रीपूर्ण खेल ३० मिनेट पछि सर्यो अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने हेनरिक क्लासेनकाे घोषणा थाइल्यान्डविरुद्ध नेपालको पहिलो रोजाइ सर्वाजनिक नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा

अन्तरविद्यालय फुटबलः उद्घाटन खेलमा नेपालगन्ज सेन्ट जेभिर्यस र होप इन्टरनेसनल भिड्ने

सांकेतिक तस्विर ।

नेपालगन्ज । मेयर कप अन्तरविद्यालय जिल्लास्तरीय छात्र फुटबलको उद्घाटन खेलमा सबिक विजेता नेपालगन्ज सेन्ट जेभिर्यस र होप इन्टरनेसनल स्कुलले प्रतिस्पर्धा गर्ने भएका छन् ।

बाँके जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता शनिबारदेखि नेपालगन्ज रंगशालामा हुँदैछ । प्रतियोगितामा छात्रतर्फ २१ विद्यालयको सहभागिता छ ।

नेपालगन्ज रंगशालामा बिहिबार सार्वजनिक गरिएको  तालिका अनुसार समुह ‘ए’ मा नेपालगन्ज सेन्ट जेभियर्स स्कुल, होप इन्टरनेशनल, पशुपति मावि, ब्राइटल्यान्ड मावि, ड्रिमल्यान्ड, मनकामना, सगरमाथा, राम मावि, मोर्डन पब्लिक र जीवनज्योती स्कुल छन् ।

यसैगरी समुह ‘बी’ मा आदर्श मावि, जय बागेश्वरी स्कुल, मुनतारा, ग्रिनपीस, आर्दश मावि नेपालगन्ज, सेन्टथोमस, सिद्धार्थ विद्या सदन, धम्बोझी मावि, मंगल प्रसाद मावि, युनाइटेड र नेपालगन्ज मोडेल एकेडेमी  छन् । प्रतियोगिताको फाइनल  फागुन ३ गते हुनेछ ।

छात्रातर्फको प्रतिस्पर्धामा सहभागी हुने टिमको संख्या कम भएका कारण केहि दिन पछि खेल तालिका सार्वजनिक गरिने संघले जानकारी गराएको छ ।

हरेक वर्ष बाँके जिल्ला फुटबल संघले आयोजना गर्दै आएको मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरेर बाँके जिल्लाको टिम तयारी पारिने बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवं अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीले बताए  ।

छात्रातर्फको प्रतियोगितालाई नेपालगन्जमा हुन लागेको लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा स्थानीय टिमको लागि खेलाडी छनोटको रुपमा पनि लिइएको आयोजकले बताएको छ ।

मेयर कप फुटबल प्रतियोगिताले बाँकेमा हरेक वर्ष प्रतिभावान खेलाडी उत्पादन गरिरहेको संघका अध्यक्ष  शाहीले बताए । ‘मेयर कप भनेको विद्यालयस्तरबाट खेलाडी उत्पादन गर्ने प्रतियोगिता हो । यस प्रतियोगितामा राम्रो खेल्ने खेलाडीले भविष्यमा व्यवसायिक फुटबलरको रुपमा आफुलाई अगाडी बढाउन सक्छन्,’ शाहीले भने ।

विद्यालय स्तरको खेलाडीलाई प्राथमिकतामा राखेका कारण १८ वर्षसम्मका खेलाडीले मात्र खेल्न पाउने आयोजकले नियम बनाएको छ ।


भिडियो
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC