ब्याड्मिन्टन

हरिसिद्धी ब्याड्मिन्टन सुरु

काठमाडौं । हरिसिद्धि ब्याड्मिन्टन क्लबको आयोजनामा हरिसिद्धि खुल्ला ब्याड्मिन्टनन प्रतियोगिता २०७८ बिहीबारबाट सुरु भएको छ ।

प्रतियोगिताको पहिलो दिन आयोजक क्लबका रदिप महर्जन र विकास महर्जनको जोडीका साथै बालकुमारी रिमिक्सका दिप्रिसमुनी बज्राचार्य र सुमन शाक्य, एपिएफका पेम्बा शेर्पा र चितवनका राजू थापा, वाइसिबिसीका अशिम गुरुङ र नेल्सन राई, सुनिल कपाली र नगेन्द्र महर्जन तथा भक्तपुरका ध्रुव पाठक र यशराज राईको जोडीले जितका साथ दोस्रो चरणको यात्रा पक्का गरे ।

यसैगरी भक्तपुरकै रामप्रसाद चौधरी र धिरेन्द्र पटेल, साइनोका अभिषेक बोस र सुजन थापा, बालकुमारी रिमिक्स क्लबका ज्ञान कुमार र राकेश शाक्य, दीपक ब्याड्मिन्टन एकेडेमीका सुपाल बादे र राम मगर, ठेचो ब्याड्मिन्टन क्लबका आरसी बिष्ट र सुरज श्रेष्ठ, आइबिएससीका मदन डंगोल र सुदीप श्रेष्ठ, लुभुका सुरेश कोइराला र सुरोजदीप सिंह तथा बालकुमारी रिमिक्सका आर्यन महर्जन र एलिश थापाको जोडीले पनि दोस्रो चरणमा स्थान पक्का गरे ।

लुभुका विमल ढुंंगेल र राम तामाङ, हरिसिद्धिका राजेन्द्र महर्जन र श्याम महर्जन, पिबिसीका उज्जवल दाहाल र श्रीजन ताम्राकार, फ्रेन्डली ब्याड्मिन्टन क्लबका योगेश खड्का र रमेश ठकुरी, फिदरका क्षितीज खनाल र अमन महर्जन, आयोजकका निखिल भट्ट र विवेक चौधरी, टिका भैरवका रामसरण महत र श्यामकृष्ण थापा, थेचोका इन्द्र कार्की र कृष्ण कुँवर ठकुरीलगायतले पनि दोस्रो चरणमा स्थान सुरक्षित गरेका छन् ।