माघ २१, २०८१ सोमबार | २२:५४:१९
भुपेन्द्र गुरुङलाई अमेरिकामा दुई स्वर्ण बंगलादेश जाने एम्पुटी फुटबल टोलीको बिदाइ सिवाइसी अत्तरिया लगातार दोस्रो खेलमा विजयी सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीको सम्मान सनीसलाई संकटाले सातदोबाटोलाई हरायो वान डे क्रिकेट एकेडेमीको विजयी सुरुआत चर्च ब्वाइजको सहज जित पुष्पराज स्मृति राष्ट्रिय टेबलटेनिस यही साता हुने थाइल्यान्डको विजयी यात्रा जारी फ्रेन्ड्सको लगातार दोस्रो जित भुपेन्द्र गुरुङलाई अमेरिकामा दुई स्वर्ण बंगलादेश जाने एम्पुटी फुटबल टोलीको बिदाइ सिवाइसी अत्तरिया लगातार दोस्रो खेलमा विजयी सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीको सम्मान सनीसलाई संकटाले सातदोबाटोलाई हरायो वान डे क्रिकेट एकेडेमीको विजयी सुरुआत चर्च ब्वाइजको सहज जित पुष्पराज स्मृति राष्ट्रिय टेबलटेनिस यही साता हुने थाइल्यान्डको विजयी यात्रा जारी फ्रेन्ड्सको लगातार दोस्रो जित

रुपेश र सिन्दिरा च्याम्पियन

हेटौंडा । राष्ट्रिय  बुद्धिचाल च्याम्पियनसिपको उपाधि एफएम रुपेश जैसवाल र सिन्दिरा जोशीले जितेका छन् ।

हेटौंडामा शनिबार सम्पन्न २५औं पुरुष राष्ट्रिय प्रतियोगितामा रौतहटका रुपेशले ९ अंक जोडे । यो उनको दोस्रो राष्ट्रिय उपाधि  हो ।

चौथो वरीयताबाट खेल सुरु गरेका रुपेशले अपराजित रहने क्रममा ७ जित र ४ बराबरीको नतिजा निकाले । उनले आफ्नो व्यक्तिगत रेटिङ ३०.२ ले बढाएका छन् । समग्रमा उनको उत्कृष्ट रेटिङ पर्फोमेन्स २२११ रह्यो ।

पुरुषोत्तम सिलवालले टाइब्रेकरका आधारमा उपविजेता बने । झमपाका राजन सुवेदीसँग समान ८.५ अंक बनाएका पुरुषोत्तमको ३७.२५ र राजनको ३६.२५ ट्राइब्रेक प्वाइन्ट रह्यो ।

मकवानपुरका एफएम क्षितिज भण्डारीले ८ अंकका चौथो भए । दोलखाका आशिष फुयाल ७ अंक जोडेर पाँचौ स्थानमा रहे । झापाका सिएम शुश्रुत दाहाल ६.५ अंक सहित सातौं, काठमाडौंका एफएम रिजेन्द्र राजभण्डारी ६ अंक जोडेर आठौं, प्रेमकृष्ण महर्जन नवौं र ललितपुरका सुरोज महर्जन १०औं स्थानमा रहे ।

नेपाल बुद्धिचाल महासंघको आयोजनामा भएको प्रतियोगितामा सिन्दिरा ९ अंकसहित १०औं महिला राष्ट्रिय बुद्धिचाल च्याम्पियन बनिन् । उनी उपाधि रक्षा गर्न सफल भएकी छन् ।

पुनम प्रसाईं ८ अंक जोडेर उपविजेता बनिन् । कडा प्रतिस्पर्धामा झापाकी पुनमले टाइब्रेक प्वाइन्टका आधारमा बाँकेकी इशा गिरी र काठमाडौंकी एञ्जल महर्जनलाई पछि पारिन् ।

पुनमको ३८.७५, इशाको ३६.२५ र एञ्जलको ३५ ट्राइब्रेक प्वाइन्ट रह्यो ।  

यसैगरी मोरङकी शान्ति धिमाल ७।५ अंक सहित पाँचौं, झापाकी कृतिसारा अधिकारी ६.५ अंकमा छैटौं, काठमाडौंकी विनिता कपाली ६ अंक प्राप्त गर्दै सातौं, बाराकी सुशिला गुरुङ ५(५ अंकका साथ आठौं, चितवनकी लक्ष्मी कँडेल नवौं र काठमाडौंका निहाना श्रेष्ठ १०औं स्थानमा रहे ।  

प्रतियोगिता समापनका दौरान बाग्मती प्रदेश सरकार कृषि तथा पशुपंक्षी बिकास मन्त्री प्रकाश श्रेष्ठले वरिष्ठ खेल पत्रकार कान्तिपुरका ध्रुवकुमार तुलाधर र गोरखापत्र अनलाइनका गोविन्द रेग्मीलाई नगदसहित सम्मान गरेका थिए  ।

कार्यक्रममा बाग्मती प्रदेश सांसद एकालाल श्रेष्ठ, साउथ एसियन चेस फेडेरेसनका अध्यक्ष एव अल इन्डियन चेस फेडेरेसनका कोषाध्यक्ष धर्मेन्द्र कुमार, नेपाल बुद्धिचालमहासंघका अध्यक्ष हेराकाजी महर्जन, उपाध्यक्ष श्याम ब्यञ्जनकार, प्रवक्ता राजु ताम्राकार, एफए सोराज ताम्राकार लगायतको उपस्थिति थियो ।


भिडियो
मेयर BALEN SHAH को नेतृत्वमा मुहार फेर्दैछ सानो गौचरण मैदान, बन्दैछ नमुना II KHELADI ON THE SPOT
आहारारा गोल्डकपको पूर्वसन्ध्यामा टाइगर कप भलिबलको फाइनल दौरान देखिएको पोखरा रंगशालाको ड्रोन भिडियो
राजनीतिक दलले खेल गराउने होइन, निरन्तर खेल हुने वातावरण बनाउनुपर्छ II KARMA TSHIRING SHERPA II ANFA
NEPAL माथि जित हासिल गरेपछि NETHERLANDS का प्रशिक्षक NEIL MACRAE
नेदरल्यान्ड्सविरुद्ध पाँच विकेट लिएकी Sita Rana Magar भन्छिन्ः सन्यास लिने समय आईसकेको छैन
FORMER TEAM NEPAL CAPTAIN ANU LAMA: ‘वर्षौ सँगै खेलेका साथी र मैदानसँग बिदा हुँदा मनै गह्रुंगो भयो’
पहिलो गोल गर्दा नै लागेको थियो यसपालि सर्वाधिक गोलकर्ताको अवार्ड जित्छु भन्ने Rashmi Kumari Ghising