माघ २१, २०८१ सोमबार | २२:५२:०३
भुपेन्द्र गुरुङलाई अमेरिकामा दुई स्वर्ण बंगलादेश जाने एम्पुटी फुटबल टोलीको बिदाइ सिवाइसी अत्तरिया लगातार दोस्रो खेलमा विजयी सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीको सम्मान सनीसलाई संकटाले सातदोबाटोलाई हरायो वान डे क्रिकेट एकेडेमीको विजयी सुरुआत चर्च ब्वाइजको सहज जित पुष्पराज स्मृति राष्ट्रिय टेबलटेनिस यही साता हुने थाइल्यान्डको विजयी यात्रा जारी फ्रेन्ड्सको लगातार दोस्रो जित भुपेन्द्र गुरुङलाई अमेरिकामा दुई स्वर्ण बंगलादेश जाने एम्पुटी फुटबल टोलीको बिदाइ सिवाइसी अत्तरिया लगातार दोस्रो खेलमा विजयी सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीको सम्मान सनीसलाई संकटाले सातदोबाटोलाई हरायो वान डे क्रिकेट एकेडेमीको विजयी सुरुआत चर्च ब्वाइजको सहज जित पुष्पराज स्मृति राष्ट्रिय टेबलटेनिस यही साता हुने थाइल्यान्डको विजयी यात्रा जारी फ्रेन्ड्सको लगातार दोस्रो जित

सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीको सम्मान सनीसलाई

फाइल तस्विर ।

पोखरा । सहारा क्लब पोखराले यस वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीबाट सनीस श्रेष्ठलाई सम्मान गर्ने भएको छ ।

प्रतिभा छनोटका लागि गठित सिफारिस समितिको सिफारिसबमोजिम क्लबको कार्यसमिति बैठकले सनीसलाई सम्मान गर्ने निर्णय गरेको हो ।

पोखरामा मंगलबारबाट सुरु हुने २४ औं आहा रारा पोखरा गोल्डकपको उद्घाटन अवसरमा फुटबल खेलाडी सनीसलाई सम्मान गरिने क्लबका महासचिव रामजीप्रसाद अधिकारीले बताए । नेपाली राष्ट्रिय टोलीका राइट ब्याक सनीसलाई ५० हजार ५ रुपैयाँ र सम्मानपत्र प्रदान गरिनेछ ।

मानार्थ सदस्य खेमबहादुर गुरुङको प्रायोजनमा क्लबले बर्सेनि एक जना राष्ट्रियस्तरको फुटबल खेलाडीलाई पुरस्कृत गर्दै आएको छ । यसअघि भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन विष्ट, अनन्त तामाङ र आयुष घलान सम्मानित भएका थिए ।

मंगलबारबाट सुरु हुने प्रतियोगिता फागुन ३ गते शनिबार सम्म पोखरा रंगशालामा हुनेछ । प्रतियोगितामा १२ टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको उद्घाटन अवसरमै पुर्कोट, तनहुँका सनीसलाई उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मानद्वारा सम्मान गरिनेछ ।

प्रतियोगितामा ‘ए’ डिभिजन लिगका त्रिभुवन आर्मी फुटबल, थ्री स्टार, मछिन्द्र, एनआरटी, चर्च ब्वाइज, संकटा क्लब र नेपाल पुलिस क्लबले सहभागिता जनाउने छन् । आयोजक सहारा क्लब, विभागीय टोली एपिएफ, बिग्रेड ब्वाइज युके, भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड र उज्वेकिस्तानको ब्ल्यक बुल एफसीले पनि प्रतिस्पर्धा गर्नेछन् । सनीस मछिन्द्र क्लबको जर्सीमा देखिनेछन् ।

उद्घाटन खेलमा आयोजक सहारा क्लब र विभागीय टोली नेपाल पुलिस क्लब भिड्नेछन् ।
 


भिडियो
मेयर BALEN SHAH को नेतृत्वमा मुहार फेर्दैछ सानो गौचरण मैदान, बन्दैछ नमुना II KHELADI ON THE SPOT
आहारारा गोल्डकपको पूर्वसन्ध्यामा टाइगर कप भलिबलको फाइनल दौरान देखिएको पोखरा रंगशालाको ड्रोन भिडियो
राजनीतिक दलले खेल गराउने होइन, निरन्तर खेल हुने वातावरण बनाउनुपर्छ II KARMA TSHIRING SHERPA II ANFA
NEPAL माथि जित हासिल गरेपछि NETHERLANDS का प्रशिक्षक NEIL MACRAE
नेदरल्यान्ड्सविरुद्ध पाँच विकेट लिएकी Sita Rana Magar भन्छिन्ः सन्यास लिने समय आईसकेको छैन
FORMER TEAM NEPAL CAPTAIN ANU LAMA: ‘वर्षौ सँगै खेलेका साथी र मैदानसँग बिदा हुँदा मनै गह्रुंगो भयो’
पहिलो गोल गर्दा नै लागेको थियो यसपालि सर्वाधिक गोलकर्ताको अवार्ड जित्छु भन्ने Rashmi Kumari Ghising