माघ २१, २०८१ सोमबार | १९:५३:३०
सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीको सम्मान सनीसलाई संकटाले सातदोबाटोलाई हरायो वान डे क्रिकेट एकेडेमीको विजयी सुरुआत चर्च ब्वाइजको सहज जित पुष्पराज स्मृति राष्ट्रिय टेबलटेनिस यही साता हुने थाइल्यान्डको विजयी यात्रा जारी फ्रेन्ड्सको लगातार दोस्रो जित नेदरल्यान्ड्सविरुद्ध ८६ रनमै समेटियो थाइल्यान्ड नेपाली युवा टोलीको प्रशिक्षण टोलीमा थपिए राजु तामाङ आइसिसी यु-१९ विश्वकप: ‘टिम अफ द टुर्नामेन्ट’मा पूजा सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीको सम्मान सनीसलाई संकटाले सातदोबाटोलाई हरायो वान डे क्रिकेट एकेडेमीको विजयी सुरुआत चर्च ब्वाइजको सहज जित पुष्पराज स्मृति राष्ट्रिय टेबलटेनिस यही साता हुने थाइल्यान्डको विजयी यात्रा जारी फ्रेन्ड्सको लगातार दोस्रो जित नेदरल्यान्ड्सविरुद्ध ८६ रनमै समेटियो थाइल्यान्ड नेपाली युवा टोलीको प्रशिक्षण टोलीमा थपिए राजु तामाङ आइसिसी यु-१९ विश्वकप: ‘टिम अफ द टुर्नामेन्ट’मा पूजा

थाइल्यान्डको विजयी यात्रा जारी

थाइल्यान्ड र नेदरल्यान्ड्स प्रतिस्पर्धा गर्दै, तस्विरः क्यान ।

काठमाडौं । थाइल्यान्डले महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृंखलामा लगातार तेस्रो जित निकालेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा थाइल्यान्डले नेदरल्यान्ड्सलाई १७ रनले पराजित गर्यो ।

जितसँगै तीन खेलमा ६ अंक जोडेको थाइल्यान्ड शीर्ष स्थानमा कायम  छ । नेदरल्यान्ड्सको चार खेलबाट चार अंक छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा थाइल्यान्डले प्रस्तुत गरेको ८७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स १५.५ ओभरमा ६९ रनमै समेटियो ।नेदरल्यान्ड्सका लागि कप्तान बाबेट डे लिडेले २५, आइरिस ज्वीलिङले १३ र क्यारोलिन डे लाङ्गेले १० रन बनाए । 

थाइल्यान्डका लागि थिपाच्चा पुथावाङ र ओनिचा कामचोम्पुले समान तीन, चनिदा सुथिरुङले दुई र नटाया बुचथमले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको थाइल्यान्डले निर्धारित १९.५ ओभरमा  सबै विकेट गुमाउँदै ८६ रनको योगफल तयार परेको थियो  ।

थाइल्यान्डका लागि चानिदा सुथिरुआङले २७, फनिता मायाले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेदरल्यान्ड्सका लागि आइरिस ज्वीलिङ, इभा लिन्च, सिल्भर सिजर्सले समान दुई तथा इसाबेल वोनिङले एक विकेट लिए ।

यसअघि थाइल्यान्डले नेदरल्यान्ड्सलाई आठ र नेपाललाई चार विकेटले पराजित गरेको थियो । यता नेदरल्यान्ड्सले नेपाललाई २० र १५ रनले हराएको थियो । 


भिडियो
मेयर BALEN SHAH को नेतृत्वमा मुहार फेर्दैछ सानो गौचरण मैदान, बन्दैछ नमुना II KHELADI ON THE SPOT
आहारारा गोल्डकपको पूर्वसन्ध्यामा टाइगर कप भलिबलको फाइनल दौरान देखिएको पोखरा रंगशालाको ड्रोन भिडियो
राजनीतिक दलले खेल गराउने होइन, निरन्तर खेल हुने वातावरण बनाउनुपर्छ II KARMA TSHIRING SHERPA II ANFA
NEPAL माथि जित हासिल गरेपछि NETHERLANDS का प्रशिक्षक NEIL MACRAE
नेदरल्यान्ड्सविरुद्ध पाँच विकेट लिएकी Sita Rana Magar भन्छिन्ः सन्यास लिने समय आईसकेको छैन
FORMER TEAM NEPAL CAPTAIN ANU LAMA: ‘वर्षौ सँगै खेलेका साथी र मैदानसँग बिदा हुँदा मनै गह्रुंगो भयो’
पहिलो गोल गर्दा नै लागेको थियो यसपालि सर्वाधिक गोलकर्ताको अवार्ड जित्छु भन्ने Rashmi Kumari Ghising