फुटबल
दर्शक प्रवेशमा रोक
काठमाडौं, (खेलाडी- उज्वेकिस्तानमा शनिबारबाट सुरु हुने एएफसी महिला एसियन कप छनोटमा दर्शक प्रवेश निषेध गरिएको छ ।
शनिबार फिलिपिन्स विरुद्धको खेलसँगै नेपालले एएफसी महिला एसियन कप छनोट यात्राको थालनी गर्नेछ ।
कोभिड–१९ संक्रमण त्रासका कारण आयोजकले उच्च सर्तकता अपनाएर सहभागी टोलीका सदस्यहरुलाई अभ्यास सत्र र खेलका दिन बाहेक अन्य समयमा आवतजावतमा समेत रोक लगाएको छ ।
एएफसीले सहभागी टोलीका सदस्यहरुको नियमित पीसीआर परिक्षण गराइने र औपचारिक बैठक, तथा प्रि–म्याच , पोस्ट म्याच कन्फरेन्स पनि भर्चुअल गरिने जनाएको छ ।
नेपालले दोस्रो खेलअसोज ५ मा हङकङ विरुद्ध खेल्नेछ ।