वैशाख २६, २०८२ शुक्रबार | १५:२५:११
एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता

केन्द्रिकृत फुटबलको मार खेप्दै बाजुराको टोली काठमाडौंमा

काठमाडौं, (खेलाडी)- न जिल्ला फुटबल संघ, न त कुनै व्यावसीयक फुटबल क्लब नै छ । तर पनि व्यावसीयक फुटबल खेलाडी बन्ने इच्छा बलियो छ । 

बाजुराका युवा खेलाडीको सपनालाई विकेन्द्रिकरणको विषय नारामै सिमित काठमाडौं केन्द्रित फुटबलको प्रशासनिक संरचनाले पनि भाँजो हाल्न सकेको छैन ।

त्यसैले त तुलनात्मक रुपमा भलिबल र क्रिकेटको मोह बढी रहेको बाजुरामा पछिल्लो समय फुटबल लोकप्रिय बन्दै गएको छ ।

व्यावसायिक खेलाडी बन्ने सपना साकार पार्नका लागि बाजुराको रानीवन स्पोटर्स क्लबका खेलाडीहरु हाल काठमाडौंमा जारी सहिद स्मारक ‘सी’ डिभिजन छनोटमा चुनौती प्रस्तुत गर्दैछ । समूह 'एक्स' मा रहेको टोलीले सोमबार काठमाडौंको राप्ती रिभर युथ क्लबसँग खेल्दै 'सी' डिभिजन छनोटको यात्रा थाल्नेछ । 

‘हामीले २०५८ सालमा क्लब गठन गरेर विभिन्न जिल्ला स्तरीय प्रतियोगिताहरु आयोजना गर्दै आएका थियौं,’ क्लबका पूर्व खेलाडी तथा टिम व्यवस्थापक नरेश रोकाया भन्छन्, ‘हामीलाई विस्तारै फुटबलमा केही गर्न सकिन्छ भन्ने लाग्यो । हाम्रोे लक्ष्य एकेडेमी स्थापना गर्दै व्यावसायिक खेलाडी जन्माउने नै हो ।’

रोकायाले अध्ययनका लागि काठमाडौंमा रहेका खेलाडीहरु मिलेर यहाँ आयोजना हुने विभिन्न फुटलस लिगमा सहभागिता जनाएको र त्यहीँबाट ‘सी’ डिभिजन छनोट खेल्ने योजना बुनेको बताए ।

त्यो अभियान त्यति सहज भने थिएन । कारण उनीहरुसँग निरन्तर अभ्यास गर्नै १४ युवा खेलाडीलाई काठमाडौं लगेर फुटबल खेलाउँछु भन्दा सहजै स्वीकार हुने न्युन सम्भावना थियो । त्यसका लागि अभिभावकबाट सहजै अनुमति पाउनु त परको कुरा थियो ।

तर सबै खेलाडीले सहजै क्लबको योजनामा सहमति जनाएपछि ‘सी’ डिभिजन छनोट खेल्ने लक्ष्य पूरा भयो । 

काठमाडौमा रहेका खेलाडीसँगै अन्य उपलब्ध खेलाडीहरुलाई समेटेर रानीवन क्लब ‘सी’ डिभिजन छनोट चरण पार गर्र्ने अभियानमा होमिएको छ ।

‘हामी पनि अखिल नेपाल फुटबल संघ (एन्फा) सँग जोडिनु पर्छ भन्ने लाग्यो । एन्फाले ४०-४५ जिल्लामा फुटबल संघ गठन गरेको छ,’ रोकायाले भने, ‘बाजुरामा धेरै ठूला धनराशीका प्रतियोगिताहरु आयोजना हुन्छन् । हाम्रो जिल्लामा पनि फुटबल संघ गठन गरिदिए हामीलाई उत्साह मिल्नेछ ।’

उनले क्लबका सुभचिन्तकको सहयोगमा ‘सी’ डिभिजन छनोट खेल्न आए पनि काठमाडौंको महंगो बसाई थेग्न भने सुदूरपश्चिमको टोलीलाई हम्मे भइरहेको छ । 

‘बाजुराबाट खेल्न आएका छौं । यहाको बसाई मंहंगो छ । हामीसँग कुनै प्रायोजक जोडिएको छैन,’ रोकायाले दुखेसो पोखे, ‘अहिलेसम्म खेलाडीलाई होस्टलमा राख्ने, उनीहरुको खान पिन र अभ्यास व्यवस्थापनमा करिब ८ लाख खर्च भइसकेको छ । तर सिमित दाताहरुको सहयोगका भरमा सबै व्यवस्था गर्न गाह्रो भइरहेको छ ।’

रोकायाका अनुसार टोलीको ‘सी’ डिभिजन छनोट यात्राका लागि नेकपा एमालेका नेता कर्णबहादुर थापाले नगद २ लाख तथा राष्ट्रिय खेलकुद परिषद्(राखेप)का बोर्ड सदस्य एकेन्द्र कुँवरले नगद २५ हजार रुपैयाँ सहयोग गरेका छन् । 

स्थानीय सरकार र क्लबका शुभचिन्तकबाट केही मात्र रकम जुटेको जानकारी गराउँदै रोकाया थप्छन्, ‘यी सबै समस्याको कारण हो, फुटबल केन्द्रमा मात्र सीमित हुनु । अहिले स्थानीय तह छ, प्रदेश छ । त्यहीँ छनोट खेल गराएर फाइनल चरणका खेलहरु काठमाडौंमा आयोजना गरेको भए हामी जस्तो दूर दराजबाट आएका क्लबमाथिको आर्थिक संकट हट्ने थियो ।’


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP