इन्जुरी समयमा गोल खाएपछि अर्जेन्टिना बराबरीमा रोकियो

रियो दी जेनेरियो, (खेलाडी)- कतार विश्‍वकप २०२२ को दक्षिण अमेरिकी छनोट प्रतियोगितामा अर्जेन्टिनाले बुधबार विहान कोलम्बियासँग २-२ को बराबरी नतिजामा चित्त बुझाएको छ । 

अर्जेन्टिना लगातार दोस्रो खेलमा बराबरीमा रोकिएको हो । पछिल्लो खेलमा पनि अर्जेन्टिना बराबरीमा रोकिएको थियो । २-० को अग्रता जोगाउन नसक्दा अर्जेन्टिना अंक बाढ्न बाध्य भएको हो ।

खेलको तेस्रो मिनेटमा क्रिस्टियन रोमेरोको गोलमा अर्जेन्टिनाले अग्रता लिएको थियो । त्यसको ५ मिनेटपपछि लेन्ड्रो ड्यानियल पारेडसको गोलमा अर्जेन्टिनाले अग्रता दोब्बर पारेको थियो ।

५१ औं मिनेटमा लुइस मारायलले गोल गर्दै कोलम्बियालाई खेलमा फर्काउने प्रयास गरेका थिए । इन्जुरी समयमा कोलम्बियाका मिग्वेल ब्रोजाले गोल गरेसँगै अर्जेन्टिना जितबाट टाढिएको थियो ।

बराबरीको नतिजापछि अर्जेन्टिना ६ खेलमा १२ अंकका साथ दोस्रो स्थानमा छ । कोलम्बिया भने ८ अंकका साथ पाँचौ स्थानमा छ । 

बुधबारै भएका अन्य खेलमा पेरुले इक्वेडरलाई २-१ ले हराउँदा उरुग्वे र भेनेजुएलाले गोलरहित बराबरी खेलेका छन् ।