स्पेनका कप्तान बुस्केट्सलाई कोरोना संक्रमण

मड्रिड, (खेलाडी)- युरोपियन च्याम्पियनसिप (युरो २०२०) सुरु हुन एक साता मात्र बाँकी रहदा स्पेनका कप्तान सर्जियो बुस्केट्स कोभिड १९ बाट संक्रमित भएका छन् ।

कोभिड १९ महामारीकै कारण एक वर्षपछि धकेलिएको युरो २०२० जुन ११ बाट सुरु हुदैछ । युरो २०२० को तयारीमा रहेको स्पेनले मंगलबार लिथुआनियासँग मैत्रीपूर्ण खेल खेल्दैछ । कोभिड १९ बाट संक्रमित भएपछि ३२ वर्षीय मिडफिल्डर सेल्फ आइसोलेसनमा छन् ।
समूह ‘इ’मा रहेको स्पेनले जुन १४ मा स्विडेनविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । स्पेनले नियमित कप्तान सर्जियो रामोसलाई टोलीमा समावेश गरेको छैन । त्यसैले स्पेनले यस पटक सर्जियो बुस्केटस्को कप्तानीमा युरो २०२० को टोली घोषणा गरेको थियो ।
समूह ‘इ’ मा स्पेन ,स्वेडेन, पोल्यान्ड र स्लोभाकिया छन् ।