हजारौं दर्शक निम्त्याउँदा निवर्तमान अध्यक्षकै बेवास्था

काठमाडौं, (खेलाडी)- कोभिड १९ महामारी सुरु भएयता दशरथ रंगशाला सुनसान थियो । अधिकांस समय खेल आयोजना नै बर्जित थियो । भएका खेल पनि विना दर्शक हुँदा फुटबलको रौनक दशरथ रंगशालाले नभोगेको डेढ वर्ष हुन लागिसकेको थियो । 

अर्को महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीमा नेपालले दक्षिणी छिमेकी भारतलाई मैत्रीपूर्ण खेलका लागि निम्त्याउँदासम्म पनि रंगशालामा फुटबलको वास्तविक रौनक फर्किने पक्का भइसकेको थिएन ।

तर बुधबार अचानक आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले एउटा खवर सार्वजनिक गर्‍यो, सरकारबाट भारतविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलमा स्वास्थ्य मापदण्ड पालना गर्दै दर्शक राखेर फुटबल खेलाउन पाउने । 

एन्फाले रंगशालामा हजारौं मानिसलाई निम्त्याउँदा त्यहाँ फुटबलका केही अनिवार्य अनुहार भने अनुपस्थित थिए । हजारभन्दा बढि पास बाढ्दा पनि चार दशकभन्दा लामो समय नेपाली फुटबलमा योगदान गरेका निवर्तमान अध्यक्ष नरेन्द्र श्रेष्ठ घरमै बसेर टेलिभिजनमा नेपालको खेल हेर्न बाध्य भए । 

सरकारबाट प्राप्त स्वीकृतिअनुसार एन्फाले भिआइपी निम्तालुवाहेक ५ हजार १ सय दर्शकलाई टिकट बेच्न पाउने थियो । त्यहीअनुसार लामो समयपछि एन्फाले फुटबल हेर्न हजारौं दर्शकलाई बिहीबार भारतविरुद्ध भएको पहिलो खेलमा दशरथ रंगशाला निम्त्यायो । दर्शकको उपस्थितीले रंगशालाको माहोल फुटबलमय भयो । सायद त्यही प्रेरणाले हुन सक्छ, नेपालले आफूभन्दा धेरै बलियो मानेको भारतसँग १-१ को बराबरी नतिजा निकाल्यो ।

एन्फाले रंगशालामा हजारौं मानिसलाई निम्त्याउँदा त्यहाँ फुटबलका केही अनिवार्य अनुहार भने अनुपस्थित थिए । हजारभन्दा बढि पास बाढ्दा पनि चार दशकभन्दा लामो समय नेपाली फुटबलमा योगदान गरेका निवर्तमान अध्यक्ष नरेन्द्र श्रेष्ठ घरमै बसेर टेलिभिजनमा नेपालको खेल हेर्न बाध्य भए । 

श्रेष्ठमात्र होइन एन्फा र नेपाली फुटबलमा लामो समय काम गरेका धेरै अनुहार नेपाली फुटबलको सर्वोच्च निकायको निम्तालु सुचीमा परेनन् । आफूले लामो समय काम गरेको संस्थाले यति महत्वपूर्ण अवसरमा नसम्झँदा मन त धेरैले दुखाए । 

तर तीन वर्षअघिसम्म एन्फा अध्यक्षका रुपमा समग्र नेपाली फुटबलको नेतृत्व गरेका श्रेष्ठले यति चाँढै आफ्नो योगदान विर्सिइएकोमा मन थाम्न सकेनन् । खेल हेर्ने निम्तो त परै जाओस, औपचारिकताका लागि एउटा फोन कल समेत नआउँदा उनले भक्कानिँदै फेसबुकमा भावना पोखे ।

‘आज नेपाल र भारतको राष्ट्रिय फुटबल टिमहरुको आफ्नै गृहको दशरथ रंगशालामा फ्रेन्ड्ली म्याच हुँदैछ । हेर्नुपर्ने त हो, टिकट महंगो छ । किन्ने हैसियत छैन । कसैले निम्तो (पास) दिने कुरा पनि गरेको छैन । के गर्ने, कसलाई भन्ने ?? ठिकै छ, हिमालयन टिभी जिन्दावाद । नेपाल टिमलाई विजयको शुभकामना छ,’ निवर्तमान अध्यक्ष श्रेष्ठले खेल सुरु हुनुअघि फेसबुकमा स्ट्याटस लेखे ।

श्रेष्ठको स्ट्याट्समा दर्जनौं कमेन्टको ओहिरो लागेको छ । कमेन्ट गर्नेमा केही फुटबलका हस्तीहरु पनि छन् । एन्फा गत महिनामात्र सहायक महासचिव पदबाट राजीनामा गरेका एन्फाका पूर्व केन्द्रिय सदस्य वशन्त अर्यालले श्रेष्ठको स्ट्याटस पढ्दा आफ्नो आँखा रसाएको प्रतिक्रिया दिएका छन् । 

‘साह्रै भावनात्मक कुरा गर्नुभयो दाई, पढेर आँखा रसायो,’ अर्यालले आफ्नो कमेन्टमा लेखेका छन् । 

तपाईजस्तो पूर्व अध्यक्ष र महान व्यक्तित्वले स्वागत पास नपाउनु लज्जाको कुरा हो । दुखद कुरा भइरहेको छ । सम्मान कहाँ गयो ?? सरी सर ।

एन्फाका केन्द्रिय सदस्य दावा कुंगा लामाले भने अध्यक्ष कर्माछिरिङ शेर्पाप्रति व्यंग गर्दै लेखेका छन्, ‘मेरो दाई मुखले ठिक्क पार्नेहरुले कल गर्यो होला नी दाजुलाई ।’ 

पूर्व राष्ट्रिय खेलाडी निराजन खड्काको कमेन्टले एन्फा नेतृत्वलाई कुरीकुरी गरेको छ । उनले लेखेका छन्, ‘तपाईजस्तो पूर्व अध्यक्ष र महान व्यक्तित्वले स्वागत पास नपाउनु लज्जाको कुरा हो । दुखद कुरा भइरहेको छ । सम्मान कहाँ गयो ?? सरी सर ।’

मैदानमा नेपाली टोलीले गरेको प्रदर्शनबाट पक्कै पनि लामो समय नेपाली फुटबलमा योगदान गरेका श्रेष्ठ खुसी थिए । तर त्योभन्दा बढि मैदानमै गएर नेपाली टोलीको बहादुरीपूर्ण प्रदर्शन हेर्न नपाएकोमा र त्यसमा ताली पिट्न नपाएकोमा उनलाई दुःख थियो । उनले त्यो दुःख फेरी फेसबुकमा स्ट्याटस लेखेरै बाँडे ।

‘आजको फुटबल म्याचमा दशरथ रंगशालामा धेरै फुटबलसँग सम्बन्धित महानुभावहरुसँग सँगै फुटबल प्रेमीहरुलाई देखिन । सायद मैले अध्यक्ष श्री कर्माजीले जस्तो फुटबलमा योगदान दिन नसकेकाले त्यहाँ उपस्थित हुने सौभाग्य पाइन । एनीवे, नेपाल फुटबल सुड विन । नोबडी इज एबोभ दी नेपाली फुटबल,’ खेल सकिएको धेरै बेरपछि श्रेष्ठले अर्को स्ट्याटस लेखे ।

श्रेष्ठको पछिल्लो स्ट्याटसमा पूर्व राष्ट्रिय खेलाडी सन्दीप राईले प्रतिक्रिया दिए, ‘लाज पनि लजायो अब त ।’

यसैगरी एन्फाका पूर्व अध्यक्ष गणेश थापाले श्रेष्ठलाई सान्त्वना दिँदै लेखे, ‘वर्तमान नेतृत्व कर्माछिरिङ शेर्पासँग तपाईको कुनै तुलना हुँदैन । तपाईलगायत एन्फाका पूर्व पदाधिकारीहरु कसैलाई पनि नसम्झिनु वर्तमान नेतृत्वको अहमता हो । निक्कै दुःख लाग्यो नरेन्द्र दाई ।’

कमजोरी भएकै हो । अन्तिम समयसम्म पनि सरकारसँग दर्शक राख्ने विषयमा स्वीकृति लिनेमै हामी अलमलियौं । उहाँहरुलाई अपमान गर्ने कुनै नियत होइन ।

एन्फाले किन निवर्तमान अध्यक्षलगायत फुटबलका हस्तीहरुलाई यति महत्वपूर्ण अवसरमा रंगशाला निम्त्याएन त ? 

एन्फाका एक पदाधिकारी भन्छन्, ‘कमजोरी भएकै हो । अन्तिम समयसम्म पनि सरकारसँग दर्शक राख्ने विषयमा स्वीकृति लिनेमै हामी अलमलियौं । उहाँहरुलाई अपमान गर्ने कुनै नियत होइन ।’

ति पदाधिकारीका अनुसार एन्फाले पहिलो मैत्रीपूर्ण खेलका लागि पास र टिकट गरि एक हजारको हाराहारीमा मानिसलाई निम्त्याएको थियो । पाहुना डाक्ने क्रममा राष्ट्रिय खेलकुद परिषद, युवा तथा खेलकुद मन्त्रालय, विभिन्न राजनीतिक दलका नेताहरु, प्रायोजकहरुलाई पहिलो प्राथमिकतामा राखिएको उनको भनाई छ । यसक्रममा फुटबलकै पूर्व पदाधिकारीहरु छुटेको उनले बताए । उनले आइतबार हुने दोस्रो खेलमा यो कमजोरी सुधार्ने पनि बताए ।