रसफोर्ड, सान्चो र साकामाथिको रंगभेदी व्यवहार दूर्भाग्यजनक : म्यागुअर

लन्डन, (खेलाडी)- इ्ल्यान्डका रक्षक ह्‍यारी म्यागुअरले राष्‍ट्रिय टोलीका आफ्ना सहयात्रीहरु मार्कुस रसफोर्ड, जाडोन सान्चो र बुकायो साकामाथिको ‘डरलाग्दो’ रंगभेदी दूर्व्यवहारले आफूलाई आश्‍चर्यमा नपारेको बताएका छन् । 

युरो २०२० को फाइनलमा इटालीविरुद्ध पेनाल्टी सुटआउटमा रसफोर्ड, सान्चो र साका तीन जनाले नै १२ यार्डबाट गरेको प्रहार खेर फालेका थिए । जहाँ इङ्ल्यान्ड टाई ब्रेकरमा ३२ को हार भोग्दै ५५ वर्षपछि प्रमुख प्रतियोगिताको उपाधि जित्‍ने लक्ष्यमा चुकेको थियो । निर्धारित समय ११ को बराबरीमा सकिएको खेलको अतिरिक्त समयमा पनि दुवै तर्फबाट गोल नभएपछि खेल निर्णयार्थ टाई ब्रेकरमा धकेलिएको थियो । 

इङ्ल्यान्ड पराजित हुनेवित्तिकै रसफोर्ड, सान्चो र साकालाई सामाजिक सञ्‍जालमा इङ्लिस समर्थकहरुले उडाउन सुरु गरेका थिए । 

तर म्यागुअरले भने रसफोर्ड, सान्चो र साका अत्यन्तै बहादुर खेलाडी भएको बताउँदै उनीहरु माथिको दूर्व्यवहार दूर्भाग्यजनक रहेको बताए । 

‘यी तीन खेलाडी, जसले देशका लागि आफ्नो तर्फबाट सबथोक दिएका छन् । उनीहरु नै यस्तो दूर्व्यवकारको सिकार हुनु दूर्भाग्यजनक कुरा हो । तर यो घटनाले मलाई आश्‍चर्यमा पारेको भने छैन,’ म्यागुअरले भने, ‘उनीहरुले शाहसका साथ त्यस्तो दबाबमुलक अवस्थामा पनि पेनाल्टी हान्‍न तत्परता देखाए । रंगभेदी व्यवहारको सिकार हुँदा पनि उनीहरुको प्रतिक्रिया शाहसपूर्ण छ । म यी तीन युवा खेलाडीको शाहसको प्रशंसा गर्छु ।’